Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीको बहुमतलाई कुनै तागतले रोक्न सक्दैन: प्रचण्ड

सुपरखबर संवाददाता
बुटवल २३ कात्तिक– एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै तागतले एमाओवादीको बहुमतलाई रोक्न नसक्ने दाबी गरेका छन ।
युग परिवर्तन गर्न सक्ने शक्ति एमाओवादी भएको वताउदै उनले जनताको शंकल्प पनि परिवर्तन गर्न सक्नेको पक्षमा रहेको बताए । मेची–महाकाली राष्ट्रिय जनजागरण अभियान अन्तर्गत सनिवार बुटवलमा भएको जनसभालाई सम्वोधन गदै उनले भने– गिरीजावावु पछि कांग्रेस वुढो रुखले किचिए जस्तो भएको छ, एमाले अवसरवादी हो आफ्नै नेतालाई बचाउन सकेन ।’ उनले एमाले कांग्रेसमा मुलुकलाई निकास दिने निती र नेतृत्व नभएको दावी गरे ।
उनले जनजागरण अभियानले ‘प्रतिक्रियावादी’हरुलाई वढार्ने चेतावनी दिए । उनले भने– काकडभित्तामा हावा लागेको थियो ,वुटवल आइपुग्दा आधी नै आयो महाकाली पुग्दा के हुन्छ भन्ने शब्द नै छैन ।’
सभामा एमाओवादीका वरिष्ट नेता तथा रुपन्देही क्षेत्र नं ४ का उम्मेदवार डा. बावुराम भट्टराईले जनलहरले आफू निकै उत्साहित भएको वताए । उनले आर्थिक सामाजिक रुपान्तरणको लागी एमाओवादीसंग भिजन भएको वताउदै लुम्विनी र बुटवलको विकासको लागी आफ्नो उम्मेदवारी रहेको दोहोरयाए । उनले वास्तविक सुकुम्वासीहरुलाई आवासको व्यवस्था र वर्षाे देखी जोतभोग गरेकालाई जमिनको मालिक वनाउन लालपुर्जा बाडिने बताए ।
यसैविच एकीकृत माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन र समानताको पक्षमा भोट दिन मतदाताहरु संग आग्रह गरेका छन । मेची–महाकालि यात्रा अन्र्तगत नवलपरासीको सुनवलमा आयोजित चुनावि सभा लाई सम्वोधन गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन । जनता सधै परीवर्तनको पक्षमा रहेको इतिहास ताजा रहेको भन्दै अहिले नेपालमा परीवर्तन चाहनेले एकीकृत माओवादि लाई भोट दिनुपर्ने बताए । एकीकृत माओवादीले सनिवार नवलपरासीको गैडाकोट , कावासोती , अरुणखोला , वर्दघाट र सुनवलमा चुनावी सभा गरेको थियो ।

0 comments

तपाईंको प्रतिकृया