Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लोकतान्त्रिक संविधानको लागी कांग्रेसको विकल्प छैन: खांण

बुटवल ,२१ कात्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले लोकतान्त्रिक संबिधान निर्माणको लागी नेपाली कांग्रेसको बिकल्प नभएको बताएका छन ।
रुपन्देही क्षेत्र नम्वर ३ का उम्मेदबार समेत रहेका खाणले सेमलारमा विहिवार घरदैलो पश्चात आयोजित सभामा बोल्दै लोकतन्त्रलाई सस्थागत गरी जनतालाई अधिकार सम्पन्न बनाउने र मुलुक समृद्धशाली बनाउने एजेण्डा र प्रतिबद्धता नेपाली कांग्रेससंग मात्र भएको दावी गरे ।
उनले आफुले बिगतमा गरेको काम र संबिधान सभामा खेलेको भुमिकालाई हेरेर मत र सुझाव दिन आग्रह गर्दै ग्रामिण क्षेत्रको पुर्वाधार बिकास र कृषिको व्यवसायीकरण आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।
उनले लुम्बिनीको एकिकृत बिकास गर्दै कालिगण्डकी डाइभर्सनबाट यस क्षेत्रमा पानि ल्याएर यस क्षेत्रमा पर्यटन र कृषिमा आमुल परिवर्तन गर्न सकिने धारणा व्यक्त गरे ।
कालिगण्डकी डाइभर्सनको सोच नेपाली काग्रेस त्यसमा पनि आफुले अघि सारेको बताउदै उनले यसलाई सुरु गर्ने दायित्व पनि आफैले बहन गर्ने दाबी गरे ।
यस अघि खाणले घरदैलो गर्दा स्थानियले बिगतमा सिंचाई मन्त्रि हुदा स्यालो ट्युबेल गाडेर सिंचाईमा र सडक निर्माणमा सहयोग गरे जस्तै आगामी दिनमा पनि आयआर्जन गर्न किसानलाई आवश्यक मल, बिउ तथा अन्य आवश्यक सहयोग गर्न र युवाहरुको रोजगारीलाई ध्यान दिन आग्रह गरेका थिए ।



0 comments

तपाईंको प्रतिकृया