दिपकराज गिरी भन्छन–पैसा कमाउन बनाएको हैन `छ एकान छ`
पौष २६ गते नेपाल सहित विश्वका विभिन्न मुलुकमा रिलिज गर्ने तयारी भैरहेको
'छ एकान छ' सिङ्गल र मल्टीप्लेक्स हलका दर्शकलाई लक्षित गरिएको दिपकले
जानकारी गराए । अनामनगरस्थित युनियन हाउसमा 'छ एकान छ' निर्माण युनिटले
आयोजना गरेको औपचारिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश डिसीले भने- 'छ
एकान छ पूर्ण रुपमा मनोरञ्जनात्मक फिल्म हो । यो फिल्मले दर्शकलाई सवा दुई
घण्टा बाँधेर राख्नेछ ।'
सह-निर्देशक तथा निर्माता दिपाश्री निर्रौलाले फिल्मबारे भनिन्- 'कला
क्षेत्रमा अहिलेसम्म आर्जन गरेको नाम, दाम र प्रतिष्ठालाई छ एकान छमा लगानी
गरेका छौं । हाम्रो लगानीलाई दर्शकले स्विकार्नु हुन्छ भन्ने विश्वास
लिएको छु ।' करिब डेढ घण्टा जसो चलेको कार्यक्रममा प्रस्तुतकर्ता निर्मल
शर्माले फिल्म राम्रो बनेकाले सफल हुनेमा आफु विश्वस्त रहेको बताए । 'आधा
दर्जन फ्लप फिल्मको निर्माण अनुभवलाई यो फिल्ममा प्रयोग गरेको छु । सुपर
हिट नहोला तर निराश पक्कै हुँदैनौं,' निर्मलले भने ।
कलाकार शिवहरी पौडेलले ४७ वर्षमा फिल्मको नायक हुन पाउँदा अत्यन्त हर्ष लागेको बताए भने अर्का कलाकार सन्दिप क्षेत्रीले फिल्ममा आफु साँच्चै नायक देखिएको भन्दै ठट्यौली गरे । ६ जना हिरोको एक्ली हिरोइन निता ढुङ्गानाले 'छ एकान छ' फिल्म अभिनय गरेका मध्ये उत्कृष्ट फिल्म रहेको दाबी गरिन् । कलाकार जितु नेपाल युके र केदार घिमिरे कार्यक्रम लिएर युरोप भ्रमणमा भएकाले फिल्मको पहिलो औपचारिक कार्यक्रममा उपस्थित हुन पाएनन् ।

त्यस्तै विकास आचार्यको फिल्म 'नाइ नभन्नु ल २' को सुटिङमा व्यस्त अर्का
कलाकार सितारामा कट्टेल धुर्मुस पनि कार्यक्रमम सहभागी हुन पाएनन् ।
फिल्मको प्रोमोश्नल गीत समेत सार्वजनिक गरिएको कार्यक्रममा राज सिग्देलले
फिल्ममा समावेश रोमान्टिक गीत गाए । तीतो सत्य, मेरी बास्सै र जिरे
खुर्सानीका कलाकार एकसाथ देखिंदै गरेको फिल्ममा जगदिश थापाको पटकथा एवं
सम्भूजित बाँसकोटाको संगीत छ ।
फिल्मको प्रोमोश्नल गीतमा हरिवंश आचार्य, किरण केसी, निर्देशक दिनेश
डिसीले स्वर दिएका छन् । पुरुषोत्तम प्रधान फिल्मका क्यामेरा पर्सन हुन् ।
कविराज गहतराज र गम्भिर विष्टको नृत्य निर्देशन रहेको फिल्ममा एन.बि
महर्जनको द्धन्द्ध निर्देशन छ ।

0 comments
तपाईंको प्रतिकृया