Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाले उम्मेदवार ढकालद्वारा आचारसंहिता उल्ङघन

बुटवल, २९ कात्तिक । निर्वाचन आचारसंहिता विपरीत एमाले रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार रामनाथ ढकालले आफ्नो क्षेत्रमा वितरण गर्न लैजा“दै गरेका विभिन्न सामग्रीसहित एउटा गाडी स्थानीय वासिन्दाले नियन्त्रणमा लिएका छन् ।
स्थानीयवासीलाई प्रलोभनमा पारी मत आफ्नो पक्षमा पार्न क्रिकेट ब्याट, नेट, फूटबल, भलिबल राखेर सूर्य चिन्ह अंकित स्टिकर र सूर्य च्निहका चारवटा झण्डा राखेर दुधराक्षतर्फ गइरहेको गाडीलाई जनताले नियन्त्रणमा लिएका हुन् । गाडीमा सवार एमाले कार्यकर्ता र चालकलाई पनि जनताले नियन्त्रणमा लिएका छन् ।
आज (शुक्रबार) दिउसो २ बजेतिर दुधराक्ष गाविस वार्ड नं. ३ बुद्धनगरबाट बा ८ च ५६५४ नम्बरको टाटा सुमो गाडी र त्यसमा रहेका सामग्री एवं एमाले कार्यकर्ता रामापुर उच्च माविका शिक्षक काशिराम पोख्रेल, मनोज सोमरे र सुमन घिमिरेलाई स्थानीय वासिन्दाले नियन्त्रणमा लिएका थिए ।
निर्वाचन आचारसंहिताले कुनै पनि दल वा तिनका नेता कार्यकर्ताले मतदातालाई प्रलोभनमा पारी कुनै पनि सामग्री वितरण गर्न प्रतिवन्ध लगाईएपनि एमालेले मतदातालाई प्रभावित पार्ने गरी चुनावको दिन नजिकिदै जा“दा वितरण गर्न लागेको उक्त सामग्री कब्जामा लिएका हुन् ।
जनताले कब्जामा लिएको सामग्री, एमाले कार्यकर्ता र चालकलाई इलाका प्रहरी कार्यालय मुर्गियाको जिम्मा लगाएका छन् ।
जनताले नियन्त्रणमा लिएको केही समयपछि घटनास्थल पुगेको प्रहरीले गाडी र एमाले कार्यकर्तालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।
रुपन्देहीका निर्वाचन अधिकृत तुल्सीराम ज्ञवालीले मतदातालाई प्रलोभनमा पार्ने गरी जुनसुकै सामग्री वितरण गर्नु वा गर्न लैजानु आचारसंहिता विपरीत भएको बताए । 
‘यो घटना आयोगमा रिपोर्टिङ गर्छौं, आाचारसंहिता उल्लंघन गरेको ठहर भएमा चुनाव नै जिते पनि बदर हुन्छ’ उनको भनाई थियो ।

0 comments

तपाईंको प्रतिकृया