नवनिर्वाचित सभाषद पौडेल भेटघाटमा व्यस्त
बुटवल, १३ मंसिर । नेकपा एमालेका सचिव तथा रुपन्देही क्षेत्र नं. ४ का नवनिर्वाचित सभासद् बिष्णु पौडेलले आज भोली भेटघाटमा व्यस्त भएका छन ।
उनले विहिवार आफ्नो निर्वाचन क्षेत्रमा बिभिन्न संघ संस्थाहरुमा भेटघाट तथा छलफल गरे । निर्वाचनमा बिजयी पश्चात पहिलो चरणमा जनतासंगको भेटघाट पछि नेता पौडेलले बिहीबारबाट यस क्षेत्रका बिभिन्न संघ संस्था, धार्मिक स्थलहरुमा पुगी भेटघाट गरेका पत्रकार भरत केसीले जानकारी दिए ।
नेता पौडेलले आज बुटवल ४ नयाँगाउ स्थित मुक्तिनाथ धाम र पर्रोहा गाविस स्थित पर्राेहा बोलबम धाममा ति क्षेत्रको बिकास गरिेर यस क्षेत्रको धार्मिक पर्यटनको बिकास कसरि गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेका थिए । मुक्तिनाथ धाममा धामका प्रमुख स्वामि लोकानन्दले स्वागत गर्दै बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा नेता पौडेलले धार्मिक पर्यटनको बिकासका लागि आफुले सक्दो सहयोग पुर्याउने प्रतिवद्धता जनाए ।
त्यसै गरी बुटवल स्थित पद्म चैत्य बिहारमा पुगि त्यसको संरक्षण र बिकासका बारेमा छलफल गरेका छन । नेता पौडेलले बुटवल स्थित मदिना जामे मस्जिद, मदिना मदरशा स्कुल र रजा ए मुस्तफाको समेत अवलोकन र छलफल गरेका थिए। । त्यस अवसरमा नेता पौडेलले मदरशाको स्तर उन्नतिका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे । भेटघाट कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पुर्व सभासद् नेत्र पन्थी र एमाले जिल्ला सदस्य गोपाल राना लगायतको सहभागिता रहेको थियो ।

0 comments
तपाईंको प्रतिकृया