Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बहिष्कार जनतालाई धोका :प्रचण्ड

  भालुवाङ (दाङ), २४ कार्तिक । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनमा भाग नलिएर वैद्य माओवादीले जनतालाई धोका दिएको बताउनुभएको छ ।

मेची–महाकाली राष्ट्रिय जागरण अभियानअन्तर्गत दाङको भालुवाङमा आयोजित जनसभालाई सम्वोधन गर्दै उहाँले चुनावमा अवरोध पु¥याउने गतिविधि नगर्न आग्रह गर्नुभयो । संविधानसभा चुनाव बहिष्कार गर्नु शहीद, वेपत्ता र घाइतेहरुको अपमान समेत भएको प्रचण्डको भनाइ छ । प्रचण्डले यो सामान्य संसदीय चुनाव नभएर जनताको भाग्य र भविश्य निर्धारण गर्ने चुनाव भएकोले यसलाई प्रतिकुल असर पु¥याउने काम पनि जनताको विरुद्धमा हुने बताउनुभयो ।

अभियानअन्तर्गत अहिलेसम्म ४६ वटा जनसभामा अध्यक्ष प्रचण्डले सम्बोधन गरिसक्नुभएको छ ।

0 comments

तपाईंको प्रतिकृया