Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बन्द नगर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं, २४ कात्तिक। राष्ट्रिय मानवअधिकार आयोगले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय चुनाव विरोधी मोर्चाले घोषणा गरेको नेपाल बन्दप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आइतबार विज्ञप्ति जारि गरि मोर्चाको बन्दप्रति गभ्मीर ध्यानाकर्षण भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ ।

आयोगको विज्ञप्तिमा उल्लेख छ ‘ नेपाली नागरिकले मताधिकार प्रयोग गरेर देशको राजनीतिक प्रक्रियामा सहभागी हुन लागेको घडीमा बन्द आह्वान गरिनाले नागरिक तथा राजनीतिक अधिकारलगायतका मौलिक अधिकारहरूको उपभोगमा गम्भीर धक्का पुग्ने देखिन्छ । यसबाट संविधानसभामार्पmत मानव अधिकारमैत्री संविधान निर्माण गर्नेे सिंगो राजनीतिक प्रक्रियामा नकारात्मक असर पार्ने देखिन्छ ।’

बन्दको कारण बिरामी, श्रमजीवी, जनस्तरका नागरिक र समग्रमा सबैको मानव अधिकारमा ठेस पुग्ने भन्दै आयोगले संयमित भएर शान्तिपूर्ण र रचनात्मक रूपमा विरोधका कार्यक्रम गर्न बन्दकर्ताहरुलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा उल्लेछ छ ‘ बन्दबाट मूल रूपमा बिरामी, श्रमजीवी, जनस्तरका नागरिक र समग्रमा सबैको मानव अधिकारमा ठेस लाग्ने भएकोले संयमित भएर शान्तिपूर्ण र रचनात्मक रूपमा विरोधका कार्यक्रम अघि सार्दै बन्दको संस्कृति अन्त्य गर्ने दिशामा सहयोग गर्न आयोग सरोकारवाला पक्षहरूसँग आग्रह गर्दछ ।’

0 comments

तपाईंको प्रतिकृया