Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जनताको साथमा रहन्छु, जनताकै संविधान बनाउनेछु: न्यौपाने

एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य दधिराम न्यौपाने (माधव शर्मा) निकै मिजासिला स्वभावका व्यक्ति हुन् । कर्मठ र लगनसिल न्यौपानेको पार्टी भित्र र बाहिर छवि उच्च छ । सरल, मृदुभाषी र मिजासिला स्वभावले नै उनि निकै लोकप्रिय नेता मध्येमा पर्दछन । पार्टीमा बिभिन्न तहमा महत्वपुर्ण भुमिका निर्वाह गरि सकेका न्यौपाने संविधानसभा सदस्य निर्वाचनका रुपन्देही क्षेत्र नं ५का प्रत्यक्ष तर्फका उम्मेद्वार हुन । प्रस्तुत छ उनिसंग चुनावी कार्यक्रम निती र तयारीको विषयमा केन्द्रित रही सुपर खवर डट कमले गरेको कुराकानीको सम्पादीत अंश: प्र.सं
अहिले निकै व्यस्त हुुनुुहुन्छ, के गर्दै हुनुहुन्छ ?
चुनाव प्रचार प्रसार मै ब्यस्त छु । विहान देखी वेलुका सम्म जनताको घर दैलोमा पुगरे पार्टीको एजेण्डा र स्थानिय रुपमा मैले तय गरेको एजेण्डा निती कार्यक्रमको बारेमा मतदाताहरुलाई जानकारी दिदै मत वुझ्ने, र मतदान गर्न अनुरोध गरेको छु ।
विजयी हुने सम्भावना कत्तिको देख्नु हुन्छ ?
चुनावमा अनेक तिक्ड्म हुदो रहेछ । कसैलाई जालझेलमा नपारे मेरो विजय सुनिश्चित छ । मतदाताहरुलाई प्रलोभनमा पार्ने, भ्रम श्रृजना गर्ने उम्मेद्वारलाई जनताले बहिस्कार गर्नेछन । म स्थानिय व्यक्ति हु“ । स्थानियको समस्या स्थानियले नै वुझछ । मलाई विश्वास छ मतदाताहरुले मलाई मत दिई विजयी बनाउनु हुनेछ ।
तपाईलाई जनताले मत दिने आधार के त ?
मलाई लाग्छ मतदाताहरुले एजेण्डालाई हेरेर मतदान गर्नुहुने छ । एमाओवादीको प्रस्ताव, एजेण्डा अग्रगामी संविधान वनाउने र मुलुकको संवृद्धि आर्थिक विकासमा केन्द्रित छ । अर्काे कुरा विगतमा यस क्षेत्रवाट विजयी भएर गएकाहरुले गाउमा फर्केर यहा“को समस्यालाई सम्वोधन गर्ने कुनै चेस्टा गरेनन । विकासका ठूलठूला कुरा गरे, सपना वाडेर गए फर्केर आएनन , यो जनताको गुनासो हो । मैले के प्रतिवद्धता व्यक्त गरेको छु भने विगतको प्रतिनीधी जस्तो मैले गर्ने छैन । मलाई विजयी वनाएर संविधानसभा सदस्य हुने सुअवसर प्रदान गरेको खण्डमा सधै यहीको जनताको माझमा रहने छु । क्षेत्र नं ५ पिछडिएको क्षेत्र हो यसको विकासको लागी निरन्तर लाग्ने छु ।
यदी निर्वाचनमा विजय हासिल गर्नुभयो भने संविधान निमार्णमा तपाईको भूमिका के रहन्छ ?
मंंसिर ४ गते हुने गईरहेको संविधान सभाको निर्वाचन मुख्य त संविधान निर्माणको लागी हो । मेरो पहिलो प्रयत्न सवै जातजाति भाषाभाषी उत्पीडित, दलित, मुस्लिम ,अल्पसंख्यक समुदायको हकहित र अधिकार स्थापित हुने संविधान निर्माणको लागी हुने छ ।
सदियौदेखी उत्पिडनमा परेको समुदायलाई पुर्ण अधिकार सम्मन्न गराएमात्र मुलुकको पनि विकास हुन्छ । उनिहरुको पहिचान स्थापित गराउने सवालमा होस या अन्य सवालमा मुलुककमा लिखित संविधान आवश्यक छ ।
अव पनि संविधान वन्छ भनेर जनता ढुक्क हुन सकेका छैनन उहांहरुलाई कसरी विश्वस्त पार्न हुन्छ ?
हामीले संविधान सभाको मुद्धा शुरु देखीवाटै उठाएको सबैलाई विदितै छ । संविधान नबनाई सुखै छैन । यसलाई पहिलो प्राथमिकता दिुनपर्छ । संविधान सभावाटै संविधान वनाउनुको विकल्प छैन । ‘पहिचान सहितको संघियता र समावेशी समानुपातिक लोकतन्त्र नया अग्रगामी संविधानको मुल मन्त्र’ नया संविधानवो हाम्रो पार्टीको प्रतिवद्धता हो । संविधानका धेरै विषयमा मोटा मोटी सहमती समेत भईसकेको छ । त्यसलाई आधर मानी १ वर्षमा नया संविधान जारी गर्न सकिन्छ ।
तपाईको विचारमा विगतमा संविधान बन्न नसक्नुको ठोस कारण के देख्नु हुन्छ ?
विगतमा संविधान वन्न नसक्नुको मुख्य दोषी एमाले कांग्रेस नै हुन । हामी अग्रगामी संघीय गणतन्त्रलाई संस्थागत गर्ने संविधानको पक्षमा थियो र अहिले पनि छौ, तर एमाले कांग्रेसले २०४७ सालकै संविधान व्युउताउन खोज्यो ,त्यस भन्दा माथी उठन सकेन । पश्चगामी सोच र अग्रगामी विचार विच कुरा मिलेन । संविधान वन्न सकेन ।
यस अघिको निर्वाचनमा मतदाताहरुले सवैलाई समान स्थान दिएर संविधान वनाउन पठाएका हुन । यसलाई साझा फुलबारी वनाउ भनेर म्याण्डेड दिएका हुन । विडम्वना मतदाताहरुको मत र म्याण्डेड दलहरुले आत्मसाथ नगरेकै हुन । हामी जनताको मतको कदर गदै अग्रगामी संविधान वनाउनेमा प्रतिवद्ध छौ । एमाओदीलाई २ तिहाई वहुमत दिनुस संविधान बन्छ । मलाई निर्वाचनमा विजय वनाउनु भयो भने जनताले चाहेको संविधान वनाउन प्रतिवद्ध छु ।
संघियतामा देश विखण्डन हुने खतरा हुदैन ?
सवै जातजाति भाषाभाषी उत्पीडनमा परेको वर्गलाई अधिकार र उनिहरुको पहिचान प्रमुख मुद्धा हो । सवैलाई समान अधिकार र राज्यको पहुचमा पुराउनु हाम्रो पार्टीको निती नै हो । पहिचाहन र अग्राधिकारको सवाललाई हामीले पहिलो प्राथमिकता दिएका छौ । अधिकार दिदा राज्य विखण्डन हुन्छ भन्ने होईन अझै मजवद वन्छ । मुलुक संघियतामा प्रवेश गरिसको छ । राज्यको पुनसंरचना गरी यसलाई संस्थागत गर्ने कुरा महत्वपुर्ण हो ।
एमाओवादीले लुम्विनीको विकासलाई चुनावी एजेण्डा बनाएको छ । लुम्विनीलाई अघि सारेर भोट माग्नुको कारण के हो ?
लुम्विनीको पहिचाहन गौतमवुद्ध संग जोडिएको छ । संचारभरीको वौद्ध धर्मालम्वीको आस्थाको केन्द्र लुम्विनी हो । यस क्षेत्रको विकाको लागी मैले र मरो पार्टीले दिर्घकालिन सोच राखेको छ । विश्वभरको वौद्धमार्गीहरुलाई मात्रै लुम्विनीमा भित्राउन सकियो भने यस क्षेत्रमा पर्यटन विकास हुन्छ । पर्यटन विकासले मुलुककै आर्थिक विकासमा टेवा पुराउने छ ।
यस क्षेत्रको विकासको सन्दर्भमा तपाईको भूमिका के हुन्छ ?
हामीले लुम्विनीको विकासलाई केन्द्रमा राखेर स्थानिय तथा राष्ट्यि प्रतिवद्धता पत्र तयार गरेका छौ । त्यसलाई प्रतिवद्धतामा मात्र सिमित राख्दैनौ कार्यान्वयन गरी छाड्छौ । लुम्विनीको विकास गर्न सकेको खण्डमा मुलुकको विकास हुन्छ ।
रुपन्देही क्षेत्र नं ५ लाई लुम्विनी संग जोडेर विकास गर्ने सम्भावना प्रचुर छ । यो क्षेत्र लुम्विनीको सिरानमा पर्दछ । लुम्विनी, गजेडी, दुधराक्ष सालझण्डी जाड्ने गरी रिङरोड वनाउने र यहा भएको ताल तलैया जस्तै गैडाताल, गजेडीताललाई मात्रै प्रवद्र्धन र विकास गर्न हो भने पर्यटकिय क्षेत्रको विकास गर्न सकिन्छ । त्यसलाई पहिलो प्राथमिकतामा राख्नेछु । जनताको जिवनसंग जोडिएका समस्याहरुको समाधान गदै क्षेत्र नं ५ लाई विकास गर्ने पुर्वाधार विकासमा गम्भिर र दत्तचित्त भएर लाग्ने छु ।
अन्त्यमा
अग्रगामी एजेण्डाले मात्र मुलुकको भविष्य निर्माण गर्दछ । मुख्यतहः यो निर्वाचन संविधान सभा सदस्यको निर्वाचन हो यसको मुख्य काम संविधान वनाउने नै हो । उत्पीडनमा परेको विभिन्न समुदायको अधिकारलाई सुनिश्ति गर्ने पार्टी भनेकै एकिकृत नेकपा माओवादी हो । त्यसैले यो पार्टीलाई जिताएमा मात्र जनताले चाहे जस्तो संविधान बन्छ । अर्का कुरा म रुपन्देही क्षेत्र नं ५ को उम्मेदवार भएकाले यहाका जनतासंग सधै दुखसुखमा साथ रहने प्रतिवद्धता व्यक्त गदर्छु । मलाई अत्यधिक मत दिई जिम्मेवारी सम्हाल्ने अवसर दिनु हुने छ भन्ने अपेक्षा गर्दछु ।



0 comments

तपाईंको प्रतिकृया