दुरदृष्टी निर्णयको खांचो
अर्जुन ज्ञवाली
नंया नेपाल बनाउनको लागि मुख्य दुई कुराको दरकार छ– अग्रगामी संविधान र स्थिर सरकार ।
अग्रगामी संविधान भनेको पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान हो । आर्थिक समृद्धिका लागि स्थिर सरकारको आवश्यकता हुन्छ । छ–छ दशकसम्म हामीकंहा स्थिर सरकार बन्न सकेको छैन । स्थिर सरकारको लागि पार्टीविशेषको वहुमत चाहिन्छ ।
बहुमत हुंदा पनि बहुमतप्राप्त पार्टीले आफ्नो बहुमतलाई टिकाउन नसकेर सरकार अस्थिर रहेको कुरा पनि हामीले व्यहोर्नुपरेको छ । अस्थिर सरकारका कारण आर्थिक समृिद्ध हुन सकेन । मुलुक पछि प¥यो ।
जंहासम्म संविधानको कुरा छ, संविधान बनेर मात्रै हुंदैन । अग्रगामी संविधान वन्नु पर्छ । संविधान सभाबाट संविधान वनाउने गरी अन्तरिम संविधान सात सालमा बनेको हो, त्यसले अग्रगति लिनुको साटो पश्चगति लियो । २०१७ सालमा निर्दलीय प्रतिगमनको पंचायती संविधान आयो, त्यसले अग्रगमन गर्ने कुरै भएन । २०४७ सालमा बहुदलीय प्रजातन्त्रको नाममा संविधान वन्यो । सर्वोत्कृष्ट भनिएको त्यस संविधानले पनि मुलुक हाक्न सकेन । त्यसको विरुद्ध १० वर्षसम्म महान् जनयुद्ध भयो, त्यसकै पहलमा बिशाल जनआन्दोलन भयो । त्यही जनयुद्ध र जन आन्दोलनको परिणामस्वरुप वृहत् शान्ति सम्झौता गरेर देश ‘सेफ ल्याण्डिड्ड’ मा आयो ।
बृहत् शान्ति सम्झौता अनुसार पहिलो संविधान सभाको निर्वाचन भएको हो । तर, संविधान सभामा अग्रगामी संविधान बनाउने शक्ति माआवादीलाई सबैभन्दा बढी स्थान त प्राप्त भयो तर संविधान बनाउनका लागि आवशयक दुई तिहाई मत पुगेन । स्थिर सरकार चलाउनका लागि आवश्यक बहुमत पनि प्राप्त भएन । स्थिर सरकारका अभावमा आर्थिक समृद्धिका सम्पुर्ण कार्यक्रम अवरुद्ध भए ।
संविधान सभा, संविधान सभाबाट संघीय गणतान्त्रिक संविधान र आर्थिक समृद्धि एकीकृत नेकपा माओवादीका एजेण्डा थिए । जसको नीति उसको नेतृत्व हुने हो । त्यसो हुन सकेन । कांग्रेस एमालेले आफ्नो एजेण्डा नभएको हुनाले एमाओवादीको एजेण्डा समेटिएको संविधान वन्न दिएनन् । संविधान सभाका चार वर्ष व्यर्थ भए । फेरि पनि मुलुकको निकासको लागि संविधान सभाको निर्वाचन, त्यसबाट अग्रगामी संविधान र त्यसबाट मुलुकको आर्थिक समृद्धि बाहेक अर्को विकल्प रहेन । त्यस कारण अहिले दोस्रो संविधान सभाको निर्वाचन हुन लागेको छ । मुलुकमा निर्वाचनको माहौल बनेपछि मुलुक संघीयतामा प्रवेश गरेको छ । पहिचान सहितको संघीयता,संघियता सहितको संविधान अहिलेको मुख्य प्रयोजन हो । एमाओवादीको भर्खरै सम्पन्न मेचिकाली जागरण अभियानले पहिचान सहितको संघीयताको पक्षमा आधीवेहरी ल्याएको छ ।
मेचिकाली जागरण अभियानले नंया नेपाल बनाउनका लागि संघीय गणतान्त्रिक संविधान बनाएरै छाड्ने तागत दिएको छ। यसले संकेत गरेको छ, पहिचान सहितको संघीयता जसमा महिला दलित, उत्पीडित, मधेसी, आदिवासी, जनजाति, मुस्लिम लगायत सम्पूर्ण पिछडिएका वर्ग समुदायको हित समेटिएको, युगले अपेक्षा गरेको परिवर्तनलाई थेग्न सक्ने अग्रगामी संविधान मात्रै वाञ्छनीय छ । अन्यथा मुलुक यथास्थितिकै दलदलमा फेरि फस्नेछ ।
संविधान सभा, संघीयता, गणतन्त्र र अग्रगामी संविधान भन्ने कुरा कांग्रेस र एमालेका एजेण्डा होइनन् । जो आफ्ना एजेण्डा होइनन, त्यसमा उनीहरुको मोह हुने कुरै हुंदैन । यी हाम्रा एजेण्डा होइनन् भनेर उनीहरुले भनि पनि सकेका छन् । भनेपछि उनीहरुले नेपालका सम्पुर्ण जाति,वर्ग,धर्म समेटिएको उच्च आर्थिक समृद्धिलाई डो¥याउने संविधान, वनाउदैनन् । बनाउन सक्दैनन् । आखिरमा उनीहरु काइते शब्दजाल वनाएर उही २०४७ सालको यथास्थितिको संविधान अर्थात मुलुकलाई जहाँको त्यहीँ राख्ने संविधान बनाउने छन् । संविधान सभा, संघीयता, गणतन्त्र र अग्रगामी संविधान , माओवादीका सन्तान हुन् भने अर्काका सन्तानलाई, अर्काको सिसोवासोलाई कांग्रेस एमालेले स्याहार्ने कुरै आउदैन । तसर्थ मुलुकलाई निकास दिन, नंया नोल बनाउन माओवादीलाई जिताउनु बाहेक अर्को विकल्प छैन ।
कांगेस एमालेले त्यही २०४७ सालकै संविधानलाई रंगरोगन गरेर ल्याउने हुन् । त्यसबाट मुलुकलाई निकास निस्कन्न । मुलुक झन अशान्ति, अराजकता र आर्थिक मन्दीको मारमा पर्नेछ । अकल्पनीय दुःख व्यहोर्नु पर्नेछ नेपाल र नेपालीले । तसर्थ यस विशेष परिस्थितिमा जुनसुकै आस्था, निष्ठा र विस्वास राख्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीवहिनीहरुले एकछिनलाई आफ्नो आस्था, निष्ठा, र विस्वासलाई थाती राखेर विशेष निर्णय गरी मुलुकलाई हाक्न समर्थ एमाओवादीलाई मतदान गरी ऐतिहासिक जिम्मेवारी पुरा गर्नुपर्ने समयको माग छ । समयले यस्तो खांचो औल्याइदिएको छ । बुटवलमा बसेर भन्नुपर्दा डा। बाबुराम भट्टराई तथा रुपन्देही जिल्लामा उनका साथी उम्मेदवार र राष्ट्रकै हिसावमा भन्नुपर्दा राष्ट्रकै नेता प्रचण्ड र उनको पार्टीका उम्मेदवारहरुलाई दुई तिहाई मत दिई मुलुकलाई निकास दिन चुक्न भएकै छैन । एकीकृत नेकपा माओवादीसंग मुलुक हाक्ने सार्मथ्य छ, मुलुकको द्रुततर विकास गर्ने दृष्टिकोण छ र बहुआयामिक योजना छ ।

0 comments
तपाईंको प्रतिकृया