अन्धकारमा वुथ प्रतिनिधीलाई किन कुटियो: वाईसिएल
दोषी प्रहरीलाई कारवाही गर्न माग
सुपरखबर डट कम संवाददाता
बुटवल ८ मंसिर–
योङ कम्युनिष्ट लिग नेपाल (वाईसिएल)ले धांधली गर्नको लागी अध्यारोमा आफ्नो वुथ प्रतिनिधीलाई कुटिएको बताएको छ ।
मंसिर ४ गते मतदान समय सकिए लगत्तै मत पेटिका इलाका प्रहरी कार्यालय बुटवल लगिए पछि संगै गएका एमाओवादी बुथ प्रतिनिधी कृष्ण रिमाललाई प्रहरीले निर्घात कुटेको थियो । वाईसिएल रुपन्देहीले रिमाललाई कुट्ने प्रहरीलाई कारवाही गर्न जोडदार माग गरेको छ । वाईसिएलले उक्त घटनाको छानविन गर्न राष्ट्यि मानवअधिकार आयोगलाई ध्यानकर्षण गदै निष्पक्ष छानविनको लागी अपिल गरेको छ ।
सनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा वाईसिएल नेपाल रुपन्देहीका संयोजक सन्दिप चापागाई (सन्देश)ले धाधली गर्नको लागी नै नियोजित रुपमा प्रहरीले जिल्ला सदस्य रिमाललाई कुटपिट भएको बताए । उनले भने–‘प्रहरी कार्यालय भित्र केही समय विद्युत कटौती गरी अन्धकार बनाईयो अन्धकारमा मतपेटीका साट्ने कार्य भयो । जसको विरोध गर्दा रिमाल माथी आक्रमण भयो ।’ उनले प्रहरी प्रशासनबाट कुटपिट हुनु नै निर्वाचन धांधलीको प्रमाण भएको बताए । उनले घटनाको निष्पक्ष छानविन गरी कडा कारवाही नभए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन । वाईसिएलका जिल्ला सदस्य कृष्ण रिमालले प्रहरीले सवैदलका प्रतिनिधीलाई बाहिर जान उर्दि जारी गरेको बताउदै आफु मतपेटीका छाडेर नजाने अडान लिए पछि निर्घात कुटिएको बताए । उनले भने– प्रहरी कार्यालय परिषरमा अन्धकार थियो । मतपेटिका एता र उता गराईएको थियो । मैले मतपेटिका छाडेर जान्न भने पछि प्रहरीले वन्दुकको कुन्दाले शरिर भरी हाने ।’
विभिन्न स्थानमा प्रहरी कार्यालय भित्र मतपेटीकाहरु भेटिने ,सिल तोडिएको अवस्थामा मतपेटीका मतगणना स्थलमा पुराईनु , मुचुल्का तयार गर्दा भन्दा वढि मत मतपेटीकामा भेटिनुले एमाओवादी लगायतका परिवर्तनसिल एजेण्डा बोक्ने दललाई पराजय गर्ने सुनुयोजित षयन्त्र भएको पुष्टी भएको वाईसिएलले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया