पाल्पा, २६ कात्तिक ।
नेपाली कांग्रेस पाल्पाले मुख्य निर्वाचन अधिकृतलाई भेटेर आचारसंहिता उल्लंघन सम्बन्धमा लिखित रुपमै ध्यानआकर्षण गराएको छ । पाल्पा कांग्रेसका तर्फबाट महासमिति सदस्य रामेश्वर पन्थीले दिएको लिखित उजुरीमा आफुलाई जनताबाट सञ्चालित र सामुदायिक रेडियो भन्ने सामुदायिक रेडियो मदनपोखराले एकतर्फी रुपमा एमालेको प्रचार गरेको जनाएको हो ।
अन्य पार्टीको विज्ञापन प्रशारण गर्न दिँदा आचारसंहिताले मिल्दैन भन्दै बजाउन नमान्ने तर, एमाले उम्मेदवार सोमप्रसाद पाण्डेयको भने काठमाडौंवाट प्रशारण हुने कायाकैरन र अन्य समाचारको बीचबीचमा बजाउने, कांग्रेस लगायत अन्य पार्टीका समचारलाई खासै महत्व नदिएकाले उजुरी गर्न बाध्य हुनु परेको बताएका छन् ।
संविधान सभा निर्वाचनको आचारसंहितामा समेत सञ्चारमाध्यमले एकतर्फी प्रशारण गर्न नपाउने भन्ने रहेको र सामुदायिक रेडियोले त्यस्तो एकतर्फी गर्नु गलत भएको कांग्रेसले निष्कर्ष निकालेको छ । गाविसले सञ्चालन गरेको, राष्टिय तथा अन्र्तराष्टिय गैरसरकारी संस्थाको अनुदान लिएको, स्थानीय बासिन्दाबाट समेत सामुदायिक रेडियो सञ्चालन गर्न भन्दै रकम उठाउने गरेको तर, अहिले निर्वाचनका बेला एकलौटी रुपमा एमालेको समाचार र प्रचार गरेको कांग्रेसको निष्कर्ष रहेको छ । मुख्य निर्वाचन अधिकृत दयानाथ खरेलले रेडियोमा बजेको विज्ञापन र समाचारका विषयमा के भएको हो ? यस विषयमा लिखित रुपमै सामुदायिक रेडियो मदनपोखरालाई स्पष्टीकरण सोधिने आश्वासन दिनु भएको कांग्रेसले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण

0 comments
तपाईंको प्रतिकृया