एमाओवादीको पक्षमा उर्लियो जनसागर (फोटो फिचर सहित)
बुटवल २३ कात्तिक । एकीकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले शुरु गरेको मेची–महाकाली राष्ट्रिय जनजागरण अभियानमा जनसागर उर्लिएको छ ।
पुर्वको काकडभित्तावाट शुरु भएको उक्त अभियान बुटवल आई पुग्दा एमाओवादीको पक्षमा जनलहर छाएको छ । बुटवलमा उर्लिएको जनलहरले एमाओवादी नेताहरु निकै उत्साहित भएका छन । एमाओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सनिवार वुटवलमा भएको जनसभालाई सम्वोधनको क्रममा भने– काकडभित्तामा हावा लागेको थियो ,वुटवल आइपुग्दा आधी नै आयो महाकाली पुग्दा के हुन्छ भन्ने शब्द नै छैन ।’ सभामा एमाओवादीका वरिष्ट नेता तथा रुपन्देही क्षेत्र नं ४ का उम्मेदवार डा बावुराम भट्टराईले जनलहरले आफू निकै उत्साहित भएको वताए ।
एमाओवादी प्रचार अभियानमा सघाउन बुटवल आएकी नायिक रेखा थापाले डा बावुराम भट्टराईको जित शुनिश्चित भएको भन्दै मतदाताहरुलाई धन्यवाद समेत दिईन । ‘यो जनलहरले म निकै एक्साईटेड भएकी छु मलाई उहां विजय भएको अनुभुत गरिरहेकी छु ।’ वुटवल टफिकचोकमा भएको जनसभामा गायक चेतन सापकोटा, लोक गायिका टिका पुन, हास्य कलाकार हर्केहलदारका किशोर पगेनी फुलमान शाहु लगायतका कलाकारहरुले मनोरञ्न प्रदान गदै एमाओवादीलाई मतदान गर्न आग्रह गरेका थिए ।
तस्वीरहरु: रुद्रहरी कुंवर /सुपरखबर डट कम

0 comments
तपाईंको प्रतिकृया