परिवर्तन रोक्नेले मुलुकलाइ हाक्न सक्दैनन्ः प्रचण्ड
बुटवल २४ कात्तिक- एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनकारी शक्तिलाइ स्पष्ट वहुमत दिएर विजयि वनाउन आग्रह गरेका छन । युगान्तकारी र गुणात्मक परिवर्तनका लागि माओवादीले पहलकदमी लिएको प्रचण्डको भनाइ थियो । एमाले काग्रेस परिवर्तन रोक्ने तत्व भएको वताउदै अव उनिहरुले मुलुकलाइ हाक्न नसक्ने उनले बताए । ज्ञानेन्द्रलाइ दाम चढाउने एमाले सच्चा गणतन्त्रवादि हुन नसक्ने जिकिर गर्दै उनले अहिलेसम्मको परिवर्तन ए माओवादिले गरेको ठोकुवा गरे । एमाओवादीले सुरु गरेको मेचिमहाकालि राष्टिय जनजागरण अभियान अन्र्तरगत रुपन्देही क्षेत्र नं ५ सालझण्डिमा आइतवार आयोजित जनसभालाइ सम्वोधन गर्दै उनले भने ,ए माले काग्रेसले सविधानसभा र गणतन्त्र चाहेकै थिएनन । उनिहरु हामा्रे लाइनमा आए ,त्यो खुसिको कुरा हो ।
अध्यक्ष प्रचण्डले एमाले काग्रेसकै कारण अघिल्लो सविधानसभावाट सविधान वनाउन नसकिएको वताए । त्यस्तै सोहि जनसभालाइ सम्वोधन गर्दै पार्टिका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि डा वावुराम भटराइले सविधानसभाको अवसान काग्रेस एमालेकै कारण भएको र अवको निर्वाचनवाट माओवादीले स्पष्ट वहुमत ल्याइ जनताको सविधान वन्ने दावि गरे । आर्थिक कान्त्रिको शुरुवात आफु अर्थमन्त्रि हुदा गरेको र १५ वर्ष भित्र नेपाललाइ गरिविमुक्त राष्ट् वनाउने वताए । लुम्विनी ढोरपाटन सडक योजनालाइ आफ्नो पार्टिले अघि सारेको वताउदै उनले छट्टै यस क्षेत्रका विकास निर्माणका अन्य योजनालाइ पनि पुरा गर्ने वताएका छन । त्यस्तै क्षेत्र न ं ५का उम्मेदवार तथा एकिकृत नेकपा माओवादिका केन्द्रिय सदस्य दधिराम न्यौपाने (माधव शर्मा)ले आफु विजयी भएर यस क्षेत्रको समग्र विकासको योजनालाइ मुर्त रुप दिने प्रतिवद्धता जनाएका छन । आफु यसै क्षेत्रको स्थानिय भएकाले पनि आम यस क्षेत्रका जनताले आफुलाइ भरोसा गरेकोमा खुसि लागेको वताए । आफ्नो जित सुनिश्चित भएको र अव केवल घोषणा गर्न मात्र वाकि रहेको न्यौपानेले दावि गरे । यसैविच काग्रेस,एमाले,फोरमवाट २०० भन्दा वढि माओवादीमा प्रवेश गरेका छन । प्रवेश गर्नेमा मधेसि जनअधिकार फोरम नेपालका क्षेत्रिय सभापति नन्दकिशोर यादव,नेकपा एमाले अर्घाखाचीका पुर्व जिल्ला सदस्य घनश्याम घिमिरे,पश्चिामान्चल वस व्यवसायी समितिका सदस्य तथा एमाले नेता रुक्माड्गत घिमीरे लगायत रहेका छन । उनिहरुलाइ पार्टि अध्यक्ष प्रचण्डले टिका र माला लगाएर पार्टिमा प्रवेश गराएका थिए । त्यसैगरि क्षेत्र नं ५ मा आजपनि विभिन्न वडा तथा गाृउहरुमा घरदैलो कार्यक्रम रहेको समानुपातिकका उम्मेदवार सन्तोष रसाइलीले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया