Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बस दुर्घटना हुदां २ को मृत्यु, ४४ घाईते

  परासी १४ मंसिर। बाँकेको नेपालगञ्जबाट मनकामना मन्दिर दर्शनका लागि जादै गरेको ना ४ ख ६३६८ नम्बरको बस पुर्वपश्चिम राजमार्ग अन्तर्गत तम्सरीया ४ मा आज बिहान ३ बजेतिर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
 वसमा सवार ४४ जना घाइते भएका छन । २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको  ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ । दुर्घटनामा परी नेपालगञ्जका ३ वर्षका बालक मानसु अधिकारी र सोहि ठाउँका १४ वर्षका सागर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।गम्भिर घाईते ७ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज लगिएको र अन्य घाईतेहरुको मध्यविन्दु सामुदायिक अस्पताल डण्डा र कालिगण्डकी अस्पताल कावासोतिमा उपचार भैरहेको छ ।
 तिब्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस चालक फरार रहेको र खोजि कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ ।



0 comments

तपाईंको प्रतिकृया