Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बुटवल जेसिजको अध्यक्षमा श्रेष्ठ

बुटवल १५ मंसिर (सुपरखबर)– बुटवल जेसिजको अध्यक्ष पदमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन । प्रत्यासी  भेषराज गैरेलाई ६ मतले पछि पार्दे उनि अध्यक्ष पदमा निर्वाचित भएका हुन ।  श्रेष्ठले २४ मत ल्याएका थिए भने  गैरेले १८ मत पाएका थिए ।
सनिवार भएको ४० औ अधिवेशनमा भएको निर्वाचनवाट कार्यकारी उपाध्यक्षमा सन्तोष पछाई र गोपाल चापागाई निर्वाचित भएका छन । कार्यकारी उपाध्यक्ष पदका लागी ३ जनाले उम्मेदवारी दिएका थिए ।
त्यसै गरी उपाध्यक्ष पदमा पर्शुराम भट्टराई ‘मधु’, राजिव गौतम यम प्रसाद तिवारी गंगाराम सापकोटा निर्वाचित भएको निर्वाचन आयुक्त हिमाल गैरेले जानकारी दिए ।  यस अघि नै सह –सचिवमा वालकृष्ण पाण्डे र सह –कोषाध्यक्षमा जनक प्रसाद दमासे पौडेल निर्विरोध निर्वाचित भएका थिए । महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्षले  मनोनित गर्ने प्रावधान रहेको छ ।
यस अघि अधिवेशनको उद्घाटन गदै  नेकपा एमालेका सचिव तथा रुपन्देही क्षेत्र नम्बर ४ बाट विजयी सभासद विष्णु पौडेलले राज्यको पुन संरचना गर्दा लुम्बिनी प्रदेश र त्यसको राजधानी बुटवल बनाउन आफुले पहल गर्र्नेे बताएका थिए ,  नेतापौडेलले लुम्बिनी प्रदेशको नामाकरण सबैका लागि साझा पहिचान हुने र यसले विश्व जगतमा नेपाललाई चिनाउन थप टेवा पुग्ने हुंदा लुम्बिनीको नाममा प्रदेश बनाउनुपर्नेमा जोड दिए ।
बुटवल जेसिजका अध्यक्ष गणेशचन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा पुर्व अध्यक्षहरु कृष्णकुमार श्रेष्ठ, टंक पोखरेल, हिमाल गैरे लगायतले मन्तव्य राखेका थिए ।  महासचिव राजु पौडेलको संचालनमा कार्यक्रम भएको थियो।

0 comments

तपाईंको प्रतिकृया