Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कांग्रेस पहिलो पार्टी हुने निश्चित

बुटवल ९ मंसिर– संविधान सभा सदस्य निर्वाचनको मतपरिणाम हेर्दा नेपाली कांग्रेस पहिलो ठूलो पार्टी वन्ने निश्चित भएको छ । समानुपातिक तर्फ अहिलेसम्म खसेको मतको अग्रतालाई हेर्दा प्रत्यक्ष र समानुपातिक दुबैको मत जोडेर पनि नेपाली कांग्रेस नै पहिलो पार्टी हुने लगभग निश्चित देखिएको छ।

प्रत्यक्ष २सय ४० सिट मध्ये १ क्षेत्रको मतपरिणाम आउन वाकी रहदा नेपाली कांग्रेसले १ सय ४ सिट प्राप्त गरेको छ ।  एमालेले ९२ स्थानमा जित हासिल गरेको छ । त्यसै गरी एनेकपा माओवादीले २५ सिट मै चित्त वुझाउनु परेको छ ।  तमलोपा ४, फोरम लोकतान्त्रिक ४, राप्रपा ३, फोरम नेपाल २, स्वतन्त्र २, सदभावना १, तमसपा १, नेमकिपा १ स्थानमा सिट सुरक्षित गरेका छन । सप्तरी २ को मतगणना अहिले जारी रहेको छ ।

आज दिउँसो १ बजेसम्म समानुपातिक तर्फ गनिएका १२ लाख ४६ हजार १ सय ५५ मत मध्ये एमालेले सबैभन्दा धेरै ३ लाख ४१ हजार ५ सय २ र कांग्रेसले दोस्रो स्थानमा ३ लाख २४ हजार ८ सय ४५ मत ल्याएका छन्।तेस्रो र चौथो स्थानमा रहेका एमाओवादी र राप्रपा नेपालको क्रमशः २ लाख ४२ हजार ७० र १ लाख ११ हजार ६ सय ४६ मत ल्याएका छन्। अहिलेसम्म गनीएको मतको प्रतिशत हेर्दा एमालेले २७।४ कांग्रेसले २६ एमाओवादीले १६।३ र राप्रपा नेपालले ८।९ प्रतिशत मत ल्याएका छन्।

0 comments

तपाईंको प्रतिकृया