Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमाओवादीमा प्रवेश गर्ने कलाकारहरुको होड

दारी बूढा र मुलाको साग एमाओवादीमा
बुटवल १ मंसिर – नायिका रेखा थापा एमाओवादीमा प्रवेश गरेको समाचार सेलाउन नपाउदै हास्य कलाकारहरुपनि एमाओवादीमा प्रवेश गर्नेको लहर वढेको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिऋंखला मेरी बास्सैका दुई कालाकार एकीकृत माओवादी प्रवेश गरेका छन् ।

मेरी बास्सैमा दारी बूढाको भूमिकामा देखिने सुरवीर पण्डित र मुलाको साग अर्थात सुरेन्द्र केसी एकीकृत माओवादी प्रवेश गरेका हुन् । उनीहरुलाई सिन्धुली सदरमुकाममा शनिबार भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीका र माला लगाएर स्वागत गरे ।

यस्तै एमाले सम्वद्ध जनपक्षीय चलचित्रकर्मी संघका केन्द्रीय सचिव केशव घिमिरे पनि माओवादी प्रवेश गरेका छन् । नवप्रवेशीहरुले एकीकृत माओवादीले मुलुक परिवर्तनको नेतृत्व गरेको र सबै जनताको पार्टी भएकाले आफूहरु पनि त्यसैमा समाहित भएको बताए ।

कार्यक्रममा कलाकार शुलेमान शंकर ‘इक्कु’ ले आनी ताका नाती ‘।।आनी तका तानी भोट हाल्न जानी।। कहाँ रु ड्याम्म हंसिया हथौडामा भन्ने गित गाएर सबैलाई हँसाएका थिए ।

यस्तै कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने टेलिऋंखला हर्के हवल्दारका कलाकार विष्णु सापकोटा ‘हर्के हवल्दार’, सुवास गजुरेल ‘श्रीराम बाजे’  लगायतले एकीकृत माओवादीका पक्षमा मत माग्दै प्रस्तुति देखाएका थिए ।

0 comments

तपाईंको प्रतिकृया