Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मधेशी जनताको अधिकार दिलाएरै छाडछौ:प्रचण्ड

सिराहा २१ कात्तिक–एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताको अधिकार दिलाएरै छोडने प्रतिवद्धता व्यक्त गरेका छन । मेची महाकाली राष्ट्रिय जन जागरण अभियानलाई विहवार लहानमा सम्वोधन गर्दै उनले यस्तो यस्तो बताएका हुन । उनले गएको संविधान सभामा मधेशी जनतासंग घुलमिल हुन नसकेको स्वीकार गर्दै मधेशी जनताको अधिकार र विकास दिलाउनकै लागि सिरहा ५ वाट उम्मेदवार भएको बताए ।
माओवादीलाई दुइृ तिहाई स्थान ल्याउन यस पटक मधेशले आफनो पार्टीलाई असाध्यै माया गरेकोले मधेशवादी दलहरु फुटेर मधेशी जनताको धोका मात्रै दिएको चर्चा गर्दै सिरहामा खानेपानी , सिंचाई , शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गरेर मात्रै सिरहा छाडने विश्वास दिलाए ।
अध्यक्ष प्रचण्ड लहानवाट आफनो निर्वाचन क्षेत्र सिरहा ५ मा गोलवजार र मिर्चैयाको सभामा सहभागी हुन प्रस्थान गरेका थिए । एमालेको उमाकान्त यादव , विनोद सदाय , नेपाली काँग्रेसका यणेश साह र सदभवानाका भोगेन्द्र पासवानको नेतृत्वमा चार सय कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि एमाओवादीमा प्रवेश गर्नु भएको नव प्रवेशीहरुलाई अवीर र माला लगाई प्रचण्डले स्वागत गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया