Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
डडेल्धुरामा बस दुर्घटना हुदां १० जनाको मृत्यु

 डडेल्धुरा १६ मंसिर। डडेलधुराको  मेलखर्कमा बस दुर्घटना हुदां १० जनाको मृत्यु भएको छ । बाजुराबाट धनगढी जाँदै गरेको ना ५ ख ७८९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बसमा सवार  कम्तीमा ३० जना घाईते भएका छन ।
दुर्घटनामा परी १० जनाको घटना स्थल मै  मृत्यु भएको  डडेलधुराका प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीले जनाकारी दिए ।
 उनका अनुसार राति पौने ५ बजेतिर दुर्घटना भएको र गाडी सडकबाट २र३ सय मिटर तल खसेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले विहानैदेखि उद्दार जारी राखेका छन् । बस दुर्घटना हुनुको कारण अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन

0 comments

तपाईंको प्रतिकृया