Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

डडेल्धुरा १६ मंसिर – डडेल्धुराको मेलखर्कमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाजुराबाट धनगढी जाँदै गरेको ना ५ ख ७८९ नम्बरको बस दुर्घटनामा परेको हो ।

विहान पौने ५ बजेतिर दुर्घटना भएको बस सडकबाट ३ सय मिटर तल खसेको छ ।  बस दुर्घटना हुनुको कारण चालक निदाएर हुन सक्ने प्रहरीले आशंका गरेको छ । गाडी चालक भने फरार रहेका छन् ।  दुर्घटनामा मृत्यु भएका  पाँचजनाको मात्र सनाखत हुन सकेको छ ।
बाजुरा बाजु ७ का दलबहादुर अधिकारी , सुरबहादुर अधिकारी , हरिलाल खत्री, भक्त सार्की र बाजुरा कैलाशमाण्डौं ८ का लक्षीराम थापाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । बसमा सवार अन्य ३४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।
 

0 comments

तपाईंको प्रतिकृया