सार्वजनिक जग्गा हडप्ने दाउ
रुद्रहरि कुंवर
बुटवल, २६ मंसिर–
‘सुकुम्बासी’ को नाममा होस् या संघ–संस्थाका भवन बनाउने नाममा होस् सरकारी जग्गा अतिक्रमण भइरहेको छ । संघ–संस्थाको नाममा सर्वदलीय निर्णयले जग्गा वितरण गरिएको छ भने सुकुम्बासीको नाममा अदृष्य निर्णय अर्थात राजनीतिक दलको मौन समर्थनबाट ।
बुटवल नगरपालिका भित्र रहेका सार्वजनिक जग्गा कतिखेर कस्को हुन्छ भन्ने कुनै ठेगान हुँदैन । राजनीतिक दलको आवरणमा गिरोहहरुले अव्यवस्थित वस्ती वसाई वुटवलको सार्वजनिक जग्गा सकिन थालेको छ । बचेको थियो–वुटवल नगरपालिका–१३ फिफा टेक्निकल सेन्टर पछाडि रहेको तिनाउ नदीको बगर । त्यही वगरमा पनि गिरोहको गिद्देदृष्टि परे पछि कतिवेला फुस्कीने हो कुनै ठेगान छैन ।
उक्त सार्वजनिक जग्गा एक गिरोहले कब्जा गर्ने दाउ खेलेको छ । प्रहरी प्रशासन तथा स्थानीय सरकार संविधानसभा सदस्यको निर्वाचनमा व्यस्त रहेको वेला गिरोहले वुटवल देवीनगरको सार्वजनिक जग्गा सुकुम्वासीको आवरणमा कब्जा गर्न खोजेको हो । संविधासभाको निर्वाचनमा मतदान गर्ने दिनको रातिबाट उक्त क्षेत्रमा सुुकुम्वासीको नाममा जग्गा कब्जा गर्न खोजिएको थियो । त्यस दिन असफल भएपनि कब्जा गर्नको लागि गतिविधी अझै रोकिएको छैन ।
बुटवल–१३ स्थित फिफा टेक्निकल सेन्टर पछाडिको करिव १६ विगाहा क्षेत्रफल रहेको सार्वजनिक जग्गा कब्जा गर्न दिनहँु ‘सुकुम्वासी’ लगाईएको श्रोतको भनाइ छ । मंसिर ८ गते मान्छे जम्मा गरी गिरोहले उक्त सार्वजनिक जग्गा कब्जा गर्न लागेको छ । बुटवल तिनाउ छेउमा टहरा गराई वसेका ‘सुकुम्वासी’ लाई पहिलो ढाल बनाएर त्यसपछि घर जग्गाको कारोवार गर्ने गिरोह सक्रिय रहेको श्रोतले जनाएको छ । हुन त ३ वर्ष अघि पनि उक्त जग्गा हडप्ने प्रयास भएको थियो । बुटवल नगरपालिका र स्थानीयवासीले धपाए पछि कब्जा हुनबाट बचेको थियो ।
फिफा टेक्निकल सेन्टर पछाडि, प्रगतीनगरदेखि मगरघाट सम्मको जग्गा हात पार्ने योजना सहित गिरोह सक्रिय भएपछि सार्वजनिक जग्गा संरक्षणमा लागेका संघ संस्था तथा स्थानीयबासी सशंकित भएका छन् । रातारात ती क्षेत्रमा सार्वजनिक जग्गा हडपेर वाँडफाँड समेत गरेको देखिन्छ । ती स्थानमा ढुंगाले चिनो लगाएर छाडिएको छ भने घाँस काटेर सफाइ समेत गरिएकोे छ ।
स्पोर्ट भिलेज बनाउनको लागि संरक्षण पहल गरिरहेको सुनौलो संगम क्लवका अध्यक्ष युवराज पराजुलीले केही दिन अघिदेखि उक्त जग्गा हडप्न लागेको आफूले जानकारी पाएको बताए । ‘पहिले एकपटक वस्ने प्रयास गरेका थिए सवै मिलेर हटायौ ।’ उनले भने ‘अहिले पनि हडप्ने प्रयास गरेका थिए, कुनै हालतमा बस्न दिँदैनौ ।’ उनले उक्त सार्वजनिक जग्गामा स्पोर्ट भिलेजको लागि नगरपालिकामा प्रस्ताव समेत लगिएको बताए ।
उता बुटवल नगरपालिकाले जग्गा अतिक्रमण रोक्न प्रयास गरेको जनाएको छ । नगरपालिकाका कार्यकारी प्रमुख बावुराम गौतमले नगर प्रहरी लगाएर अतिक्रमबाट रोक्ने कार्य भएको बताउँदै आवश्यक परे प्रहरीको सहयोग लिएर खाली गराउने बताए । ‘हामीले स्थानीय क्लव र टोल समितिलाई संरक्षणको लागि अनुरोध गरेका छौं ।’ उनले भने– ‘नगरप्रहरी पनि लगाएका छौं सार्वजनिक जग्गा संरक्षणको लागि आवश्यक परे प्रहरी प्रसाशनको सहयोग लिन्छौ ।’ उनले सार्वजनिक जग्गा कुनै पनि हालतमा अतिक्रमण गर्न नदिने बताए ।
बुटवल नगरपालिका भित्र रहेका सार्वनजिक जग्गा सुकुम्बासीको नाममा अतिक्रमण भएका छन । सम्बन्धित निकायले यसवारे गम्भीर ध्यान नदिएमा नगर भित्रका सार्वजनिक जग्गा संरक्षण हुन नसक्ने बुटवलबासी बताउ“छन ।

0 comments
तपाईंको प्रतिकृया