बुटवलमा पश्चिमाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने
बुुटवल २२ मंसिर– बुटवलमा पश्चिमाञ्चल क्षेत्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लबको आयोजनामा पुस १ देखी क्षेत्रिय स्तरको प्रतियोगिता हुने भएको हो ।क्लवले यस अघि दुई पटक सम्म पश्चिमाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरि सकेको छ । यो तेश्रो पटक आयोजना गरिएको प्रतियोगिता हो ।
सनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक जमिन कक्षपतिले सिंगल डवल्स र भेन्ट्रास तिन इभेण्टमा हुने उक्त प्रतियोगितामा १ सय टिमको सहभागिता रहने जानकारी दिए । मनाङ र मुस्ताङ जिल्ला वाहेक पश्चिमाञ्चलका अन्य जिल्लावाट खेलमा सहभागी हुने उनले वताए । उनका अनुसार ३ दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । शिल्ड नगर र प्रमाणपत्रको व्यवस्था गरिने उनले जानकारी दिए ।
डवल्स सिंगल तर्फ प्रथमलाई २० हजार, द्वितीयलाई १० हजार र तृतीय हुनेलाई २ हजार ५ सय रुपैया पुरस्कार दिईने छ भने डबल्स तर्फ प्रथमलाई ३० हजार , द्वितीयलाई२० हजार र तृतीयलाई ५÷५ हजार रुपैया राशी पुरस्कार प्राप्त गर्ने छन । त्यसै गरी भेन्टस तर्फ प्रथमलाई २० हजार द्वितीयलाई२० हजार र तृतीयलाई ५÷५ हजार रुपैयाको पुरस्कार प्रदान गरीने क्लव जनाएको छ । अघिल्लो वर्षको प्रतियोगितामा पोखराले सिंगल र डवल्स र वाग्लुङले भेन्ट्रास तर्फको उपाधी जितेको थियो । क्लवका आजिवन सदस्य जिवनसिंह कु“वरका अनुसार सिंगलमा भुगोल गुरुङ प्रथम भएका थिए भने डबल्स तर्फ नन्दु थापा र शम्भु श्रेष्ठ प्रथम भएका थिए । भेन्ट्रास तफको उपाधी वाग्लुङका निर्माण श्रेष्ठ र राजेन्द्र श्रेष्ठले हात पारेका थिए । क्लवका उपाध्यक्ष इन्द्रलाल श्रेष्ठ सदस्य राजु गुरुङ प्रचारप्रसार संयोजक अर्जुन कार्कीले खेल क्षेत्रलाई राज्यले प्रोत्साहन गर्न नसकेको भन्दै गुनासो गरेका थिए । उनिहरुले खेलाडीहरुको लागी आवश्यक कोर्ट नभएको वताउदै कोर्टको लागी थप कवर्डहल आवश्यक रहेको बताए ।
करिव १२ लाख ६७ हजार खर्च अनुमान गरीएको उक्त प्रतियोगिता ८० प्रतिशत खर्च क्लवका सदस्यहरुबाट उठाउन लागिएको जनाईएको छ । सरकारी निकायबाट सहयोग प्राप्त नभएकाले आफ्नै लगानीमा प्रतियोगिता गर्न लागिएको क्लवले जनाएको छ । प्रतियोगिता वुटवल १३ पवित्रनगर स्थित कवर्ड हलमा हुने आयोजकले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया