Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कट्रिना नम्वर वान सेक्सी महिला, त्यसपछि प्रियंका

बलिउड अभिनेत्री कट्रिना कैफ लगातार चौथो बर्ष पनि एशियाकै सवैभन्दा सेक्सी महिलाको रुपमा दर्ज भएकी छिन् ।
लण्डनबाट प्रकाशित इष्टर्न आई पत्रिकाले प्रकाशन गरेको सन् २०१३ का ५० सेक्सी एशियाली महिलाको सूचीमा कटि्रना लगातार चौथो बर्ष एक नम्बरमा परेकी छिन् । यो बर्ष कट्रिनाको कुनै पनि फिल्म रिलिज भएन । उनी अभिनित धुम-३ रिलिज हुनुभन्दा ठिक एक साताअघि यो सूची सार्वजनिक भएको छ ।

 दोस्रो नम्बरमा प्रियंका चोपडा, तेस्रो नम्बरमा टीभी स्टार द्रष्टि धामी र चौथो नम्बरमा दीपिका पादुकोण रहेका छन् । प्रियंका, कट्रिना र दीपिका बिगत ६ बर्षदेखि टप ३ मा प्रतिस्पर्धा गर्दै आइरहेका छन् । ‘यो खवर मेरा लागि सरप्राइज र खुसीको कुरा हो’ कट्रिनाले भनिन् ।

यसपटक धेरै टीभी स्टारले पनि यो सूचीमा स्थान बनाउन सफल भएका छन् । द्रष्टि पहिलोपटक सूचीको तेस्रो स्थानमा परेकी हुन भने सान्या इरानी सूचीको छैटौं स्थानमा छिन् ।
सूचीमा पर्ने अन्य भारतीय सेलिबि्रटीहरुमा सोनम कपुर(५), परिणीति चोपडा(१४), सोफिया चौधरी(२१), महरिन चौधरी(२२), सुनिधि चौहान(२८), अंकिता लोखन्दे(२९), हीना खान(३१) र श्रेया घोसाल(४३) रहेका छन्

0 comments

तपाईंको प्रतिकृया