पत्रकार भट्टराईलाई मात्रृशोक
बुटवल २८ मंसिर– नेपाल पत्रकार महासंघका रुपन्देहीका सदस्य एवं लुम्बिनी टेलिभिजनका कार्यकारी निर्देशक सिद्धिचरण भट्टराई मातृशोक परेको छ । भट्टराईकी ममतामयी माता नेत्रकुमारी भट्टराईको ७८ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएका हो । ह्ृदयघातका कारण अचेत भई तिनदिन अघि मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारकै क्रममा निधन भएको हो। नेपाल पत्रकार महासंघ रुपन्देहीले विज्ञप्ती निकालेर गहिरो दुःख व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘ दुःखको यस घडीमा पत्रकार भट्टराई र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै मृतक भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ ।’ स्वर्गिय नेत्रकुमारीका एक पति, ५ छोरा र ३ छोरी छन ।

0 comments
तपाईंको प्रतिकृया