Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फेसबुक लाइक गरे आइप्याड उपहार

 काठमाडौं १६ मंसिर ।  इन्टरनेशनल मनी एक्सप्रेस आइएमईले फुसबुक अभियान शुरु गर्ने भएको छ । अंग्रेजी नयाँ बवर्षको अवसर पारेर आइएमईले २०१४ जनवरी १ देखि ३१ गतेसम्म सञ्चालन गर्ने अभियानमा सहभागि ग्राहकलाई आकर्षक उपहार प्रदान गरिने आइएमईले जनाएको छ ।
फेसबुक लाइक गरे आइप्याड उपहार
आईएमईको फेसबुक अभियानमा सहभागि हुन फेसबुक पेज डब्लुडब्लुडब्लु डट फेसबुक डट कम स्ल्यास आइएमई रेमिटमा लाईक गरी फेसबुक एपमा क्लिक गर्नु पर्नेछ ।
 रेमिटान्स पठाउँदा वा भुक्तानी लिँदा आइएमईले सेवाग्राहीलाई दिएको ‘कन्ट्रोल नम्वर’ लगायतका विवरण पेस गरी पोष्ट गर्नुपर्नेछ । फेबुक पेजमा पोष्ट गरिएका कन्ट्रोल नम्बरहरुलाई लक्की ड्रमार्फत् दैनिक दुई जनालाई ५ सय रुपैयाँको एनसेल वा एनटीसीको रिचार्जकार्ड, साप्ताहिकरुरुपमा कलर्स एक्सफ्याक्टर बोल्ड टु मोवाईल तथा बम्पर लक्की ड्र अभियानको अन्त्यमा एकजनालाई आईप्याड एयर प्रदान गरिने आइएमईले जनाएको छ । तर, नेपालभित्र मात्रै आइएमईमार्फत रकम पठाउने तथा भुक्तानी लिने दुबैले पुरस्कार प्राप्त गर्नेछन् । विदेशमा रहेका सेवा ग्राहीले अभियानमा भाग लिए नेपालमा रहेका उनीहरुका आफ्न्तलाई उपहार प्रदान गरीने छ । स्थापनाको १३ वर्षमा कम्पनीले देशभरमा २७ हजारभन्दा बढी शाखा, सव९एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखा मार्फत रेमिटान्स सेवा प्रदान गर्दै आएको छ ।

0 comments

तपाईंको प्रतिकृया