Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अन्तरिम संविधान संशोधन नगर : १८ दल

काठमाडौं २४ मंसिर । एकीकृत नेकपा माओवादीसहित १८ दलले राजनीतिक सहमतिविना अध्यादेशमार्फत अन्तरिम संविधान संशोधन नगर्न आग्रह गरेका छन् ।
माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको १८ दलको बैठकले संविधानको धारा ६९ संशोधन गर्ने तयारी विरोध गरेको हो । सरकार र राष्ट्रपति शितल निवासबीच संविधानसभाको बैठक आहृवानका लागि संविधान संशोधन गर्ने तयारीबारे छलफल चलिरहेका बेला १८ दलले विरोध गरेका छन् ।

अन्तरिम संविधानको विद्यमान व्यवस्था अनुसार मन्त्रिपरिषद् अध्यक्षले संविधानसभाको बैठक आहृवान गर्नुपर्छ । तर, राष्ट्रपति कार्यालय शीतल निवासमा भने संविधान संशोधन गरेर भएपछि राष्ट्रपतिले बैठक आहृवान गर्ने व्यवस्था मिलाउन पहल थालेको छ । १८ दलको बैठकमा संघीय लोकतान्त्रिक गठवन्धनको अवधारणाबारे छलफल भएको छ । गठवन्धनमा सहभागी हुने दलहरुले आन्तरिक छलफल नसकेकाले यसबारे अर्को बैठकले मात्र निर्णय गर्ने बताइएको छ ।
पहिचानसहितको संघीयता पक्षधरको गठवन्धनको नेतृत्वका लागि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया