Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
थ्रीस्टारद्वारा पुलिस पराजित

 काठमाडौं २२ मंसिर। एनेसल कप फुटबलमा ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । समूह चरणको अन्तिम खेलमा पुलिसलाई ३(१ गोलअन्तरले पराजित गर्दै थ्रीस्टार समूह सीको विजेता बन्यो । यसअघि नै अघिल्लो चरण पुगिसकेको पुलिस उपविजेता बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा पुलिसले थ्रीस्टारले ३५ मिनेटभन्दा रोक्न सकेन । ३६ औं मिनेटमा जगजित श्रेष्ठले फ्रिकक गोल गरेका हुन् । ६७ औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । पुलिसका लागि युगलकिशोर राईले गोल गरेका हुन् । ७९ औं मिनेटमा जगजित श्रेष्ठको पासमा हेडगोल गर्दै कप्तान सन्तोष साहुखलले थ्रीस्टारलाई अग्रता दिलाए ।

0 comments

तपाईंको प्रतिकृया