Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सत्ता छाड्न आतुर छौ : रेग्मी

पाल्पा २६ मंसिर– अन्तरीममन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले सत्ता छाड्न आतुर रहेको बताएका छन्  ।  चुनावपछि राजनीतिक दलहरूका बीचमा देखिएका असमझदारी सामान्य विषय भएको बताउँदै अध्यक्ष रेग्मीले सहमति मै नयाँ सरकार गठन गर्न र सत्ताको बागडोर सम्हाल्न दललाई आग्रह गरे वुधवार तानसेनमा आयोजित पूर्ण साक्षर नगर घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने–
चुनाव सम्पन्न गराउने मुख्य जिम्मेवारी पुरा भएको छ । अब सत्तामा वस्न चाहनौ ।’ उनले  छिटो  दलीय सरकार बनाउन राजनीतिक दललाई आग्रह गरे ।
अध्यक्ष रेग्मीले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा फरक राजनीतिक विचारधाराका आधारमा निर्देशित हुने दलहरूबीच केही छलफलका विषय रहेका भए त्यस्ता विषयहरू आपसी सहमतिमा निरुपण गर्नुपर्ने बताए ।
 कार्यक्रममा शिक्षा सूचना तथा संचार मन्त्री माधव पौड्ेलले तानसेन नगरपालिकाले पहिलो पटक साक्षर नगर घोषणा गरेकोमा बधाई दिए  । उनले सबै नेपाली साक्षर हुने अवसर सरकारले प्रदान गरेको भन्दै साक्षर नेपाली भएमा मात्र देशले विकासमा गति लिने विश्वास व्यक्त गरे ।

0 comments

तपाईंको प्रतिकृया