सहयोग नगरे एमाले समाप्त जाने रज्जाकको चेतावनी
बुटवल २९ मंसिर । नवनिर्वाचित सभाषद तथा कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकले कांग्रेसलाई सहयोग नगरे नेकपा एमाले समाप्त भएर जाने चेतावनी दिएका छन । संबिधान निर्माणमा कांग्रेसलाई सहयोग नगरे एमाओवादी भन्दा पनि बढी एमाले समाप्त भएर जाने उनको भनाई थियो । नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको र जनताका हकाधिकार रक्षाका लागि लोकतान्त्रिक संबिधान बनाउनका लागि कांग्रेसलाई सहयोग गर्न उनले आग्रह गरेका हुन । नेपाल बित्तिय संस्था कर्मचारी संघ कृषि बिकास बैंक रुपन्देहीको शनिबार रुपन्देहीको शंकरनगरमा भएको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले कृषिको बिकास हुन सके मात्र मुलुकको अर्थतन्त्र बलियो हुन सक्ने भनाई राखे । कृषिको बिकासले मात्रै उत्पादन बढाउन सकिने र जसका कारण नेपाली उत्पादनलाई निर्यात गरी निर्यात मुखी अर्थतन्त्र बलियो बनाउन सकिने भएकाले कृषि बिकासका लागि नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले बिशेष जोड दिने प्रतिवद्धता व्यक्त गरे । राष्ट्रिय वजेटबाट कृषि क्षेत्रमा न्यून रकम छुट्टाउने गरेका कारण पनि उल्लेख्य रुपमा कृषिको बिकास हुन नसकेको उनको भनाई थियो ।


0 comments
तपाईंको प्रतिकृया