Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
घरदेखिनै दुव्र्यवहार हुने गरेको गुनासो

बुटवल, २४ मंसिर । अपाङगता  भएका व्यक्तिहरुले आफूहरु घरदेखिनै दुव्र्यवहारमा पर्ने गरेको गुनासो गरेका छन् । अधिकांश अपाङगता भएका व्यक्तिले घरदेखि दुव्र्यवहारमा पर्ने गरेको तथा राज्यका हरेक क्षेत्रमा विभेद हुने गरेको गुनासो गरेका हुन ।
नेपाल रेडक्रस सोसाईटी, नँया“ जिवनको लागि हातेमालो रुपन्देही, हरियोखर्क अस्पताल तथा पुर्नस्थापना केन्द्र पोखरा, रेडक्रस अन्तराष्ट्रिय समितिले आज वुटवलमा आयोजना गरेको हात खुट्टा गुमाएका व्यक्तिहरुका लागि निशुल्क कृतिम खुट्टा जा“च, मर्मत तथा अनुगमन शिविरको उपस्थित अपाङगता भएका व्यक्ति तथा सरोकारवालहरुले सो कुरा बताएका हुन् ।
आफु अपाङगता भएरपनि अपाङगता भएको व्यक्तिको लागी काम गदै आएका बालकुमार श्रेष्ठले आफुलाई कमजोर नठानी आयआर्जनका बाटोमा लाग्न आग्रह गरे । नया“ जिवनको लागि हातेमालोका उपाध्यक्ष होम प्रसाद वस्यालको अध्यक्षता, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख सागर दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष गणेशमान सैजु, अनुपमान सैजु, बुटवल नगरपालीकाका सामाजिक शाखा अधिकृत दामोदर ज्ञवाली लगायतले अपाङगता भएका व्यक्तिलाई प्रोत्साहन दिनु पर्ने बताउका थिए ।

0 comments

तपाईंको प्रतिकृया