Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कांग्रेस र एमालेवीच सहकार्य गर्ने ३ बुंदे सहमति

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेस र नेकपा एमालेबिच आपसमा मिलेर अघि बढ्ने सहमति भएको छ ।
राजधानीमा शनिबार सांझ सम्पन्न कांग्रेस र एमालेका शी नेताहरुको वार्ताले वर्तमान राजनीतिक अभिभारा पूरा गर्न मिलेर अघि बढ्ने सहमति भएको हो । वार्तापछि कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालद्वारा हस्ताक्षरित ३ बु“दे सहमतिपत्रको दोस्रो बु“दामा भनिएको छ–’संविधानसभाको निर्वाचनमा प्राप्त परिणँमलाई सम्मान गर्दै नेपाली कांग्रेस र नेकपा एमाले वर्तमान राजनीतिक अभिभारालाई सरलताका साथ पूरा गर्न आपसी समझदारीका साथ सहकार्य गर्दै अघि बढ्ने सहमति भयो ।’
दुई दलले राजनीतिक समस्या समाधान गरी अघि बढ्नका लागि एमाओवादी लगायतका दलस“ग तत्काल वार्ता गर्ने निर्णय गरेका छन् । सहमतिपत्मा भनिएको छ– ‘एकीकृत नेकपा माओवादीलगायतका सबै राजनीतिक दलहरुस“ग सहमतिका लागि वार्ता र सम्वाद तत्काल प्रारम्भ गर्ने निर्णय गरियो ।’ नेताहरुका अनुसार भोलि आइतबार कांग्रेस र एमालेले छुट्टा छुट्टै एमाओवादीस“ग छलफल गर्नेछ । विहान कांग्रेस नेताहरुले र १० बजे एमाले नेताहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गर्ने बताईएको छ ।

0 comments

तपाईंको प्रतिकृया