संस्कृती जोगाउदै मगर समुदायका युवापुस्ता (फोटो फिचर)
बुटवल २ पुस। विश्वव्यापीरुपमा भएको प्रविधि र सूचना प्रणालीको विकासले संस्कृतीमा प्रभाव जमाएको छ । नेपालमा पनि पश्चिमा संस्कृतीको दवदवा रहेको छ भन्दा अतियुक्ति नहोला । कुनै पनि समुदायको संस्कृती त्यस समुदायको पहिचान हो । संरक्षण प्रवद्र्धनको अभाव र नया“ पुस्तामा संस्कृती हस्तान्तरण नहुदा केही समुदायको संस्कृती लोप हुने अवस्थामा छन । नेपालको विभिन्न ठाउ“मा छरीएर बसेका मगर समुदायहरुको कला र संस्कृतीलाई संरक्षण गर्न युवा पुस्ता लागेको भेटियो । मगर सुमदाय प्रकृती पुजारी हुन । उनिहरु पितृ थानी वाजेवजैको पुजा आरधना गर्छन् । यहा“का मगर समुदाय वुटवल ९ दिपनगरको सालघारी स्थित थानमा पुगी वर्षको एक पटक पुर्णिमाको दिन (उघौली पर्व) थानी वाजे वजैको दर्शन गर्छन । नाचगान गरी रमाईलो गर्छन । मंगलवार नेपाल मगर संघ बुटवलले औपचारिक कार्यक्रम गरयो । थानी वाजे वजैको दर्शन मात्र गरिएन मगर समुदायको लोपोन्मुख लोक संस्कृती झल्कीने गित र नृत्यमा सबै रमाए । कार्यक्रममा प्रस्तुत गरिएको मगर समुदायको नाच सोरठी, घाटु ,सालैज्यो ,ठूलोनाच, मारुनी नाचले आफ्नो संस्कृती भूल्न लागेकाहरुलाई पनि पुर्नताजकी भएको संघका सचिव मनोज रानाले वताए ।

0 comments
तपाईंको प्रतिकृया