लुम्बिनी बिकास कोषद्धारा बार्षिक कार्यक्रम सार्वजनिक
भैरहवा, ३ पुस । शान्तिका अग्रदुत गौतम बुद्धको जन्म स्थान लुम्बिनीको समग्र बिकासका लागी लुम्बिनी बिकास कोषले बुधवार पत्रकार सम्मेलन गरि आफ्ना कार्यक्रम सार्बजनिक गरेको छ । पत्रकार सम्मेलनमा बिकास कोषले प्रेष बिज्ञप्ति मार्फत बिकास कोषका आगामी दिनमा कोषले गर्न थालेका कामहरु र सञ्चालनमा भैरहेका कामहरुको बारेमा जानाकारी गराएको हो । सन् १९७० देखि आधुनिक लुम्बिनी बिकासको गुरुयोजना तथा बृहत्तर लुम्बिनी बिकासमा नेपाल सरकारले चासो राखी राष्ट्रिय गौरवको परियोजना प्राथामिकतामा राखेको जनाउदै यसलाई पुरा गर्न बिकास कोषले प्रयास जारी राखेको जनाइएको छ । जापानिज बास्तुकला बिज्ञ प्रो केन्जो टांगे ले सन १९७८ मा तयार पारेको बृहत्त लुम्बिनी गुरुयोजना पुरा गर्नका लागी पनि नेपाल सरकार संगै बिकास कोष पनि प्रयासरत रहेको कोषका सदस्य सचिव अजितमान तामाङ द्धारा हस्ताक्षरित प्रेष बिज्ञप्तिमा जानाकारी गराइएको छ । प्रेष बिज्ञप्तिमा लुम्बिनी बिकास कोषले यस क्षेत्रमा पर्यठन बिकास,बौद्ध धर्मको प्रबद्र्धन,प्रचार प्रसारमा सहयोग गरिरहेका जापानिज नागरिक तथा लुम्बिनी होलट कसाईका अध्यक्ष नोबु कासाइ र पर्यठनी व्यवसायी बिक्रम पाण्डे लाई लुम्बिनी बिकास कोषको अवैतनिक सदभावना दुतमा नियुक्ती गरेको जनाएको छ । लुम्बिनी बिकास कोष परिषद सदस्य सुर्वणमुनी शाक्यलाई कार्यकारिणी समिति सदस्यमा मनोनयन समेत गरेको स्पष्ट पारेको छ । बिकास कोषले अन्य महत्वपुर्ण नियर्णहरु समेत गरेको छ । जसमा लुम्बिनीमा गुरुयोजनामा आधुनिकतामा जानका लागी केहि परिमार्जनका लागी योजना प्रमुखको नेतृत्वमा सुझाव तथा प्रतिबेदन तयार पार्ने,गुरुयोजनाको दक्षिण क्षेत्रमा ढोका खोल्ने ,सानो सुचना केन्द्र निर्माण,सिद्धार्थ गौतम बुद्धको बालक बुद्धको निर्माण,मायादेवी मन्दिर परिसर भित्र र बाहिरको चक्रपथ ,वसपार्क क्षेत्रमा पर्यटकिय पसलहरु,शौचालय,चमेना गृहहरुको निर्माण गर्ने योजना रहेको प्रेष बिज्ञप्तिमा जनाइएको छ । कोषले आर्थिक बर्ष २०७० र ७१ मा समेत केही महत्वपुर्ण निर्माण कार्यलाई तिव्रता दिएको जनाएको छ ।जसमा १७ करोड ४३ लाख ८ हजार ९ सय ८४ रुपैया लागतको पर्यटन सुचना केन्द्र,३ करोड ७४ लाख ८५ हजार २सय २० रुपैया लागतमा सर्भिस रोडहरु कालोपत्रे,२६ लाख ८९ हजार ८ सय ९४ मुल्य बरावर लागतको कार्यलय भवनको तल्ला थप,१७ लाख ४ हजार मा खाने पानिको बोरिङ र २ करोड ३० लाख ८६ हजार ८४ रुपैया वरावरको लागतमा सिम्बोलिक पेभिलियोन र लुम्बिनी स्क्वायर निर्माण कार्य ठेक्का भैसकेको जनाएको छ । ठेक्का हुने प्रक्रियामा समेत केहि महत्वपुर्ण निर्माण कार्यहरु रहेको जनाएको छ । जसमा २० करोड लागतको प्रशासनिक भवन,२ करोड ६७ लाख ५४ हजार ९ सय ७० मुल्यवरावरको सुरक्षा पर्खाल निर्माण,७१ लख ३२ हजार २ सय ८८ रुपैया लागतमा तिलौराकोठ पैटलमार्ग निर्माण,२ करोड ८४ लाख ४८ हजार ८ सय १० मुल्य लागतमा तिलौराकोटमा कार्यालय भवन निर्माण, ५० लाख लागत संरक्षण तथा पुरातात्कि क्षेत्रको उत्खनन्,५४ लाख मुल्यमा लुम्बिनी संग्रहालयलाई स्तरोन्नती गर्ने,५० लाख मुल्य लागतमा सुरक्षा व्यवस्था कडा पार्न वाक थ्रु गेट ,सिसि टिभि को बिस्तार रहेको बिकास कोषले जनाएको छ । कोषले अन्य प्रचार प्रसार कार्य,बन बगैचा बिस्तार,पर्यटक का लागी शौचालय निर्माण लगाएका कामहरुलाई निरन्तरता दिएको छ । कोषले एशियाली बिकास बैक,कोइका,थाई फुन थाइफाउण्डेशन,१०८ ठेम्पल भिजिठ गु्रप दक्षिण कोरिया र युनेस्को संग सहकार्यमा बिकास कोषले बिभिन्न कामहरु समेत गरिरहेको जनाएको छ । चालु आर्थिक बर्षमा लुम्बिनी बिकास कोषको चालु खर्च तर्फ ३ करोड ६५ लाख,पुजिगत खर्च तर्फ १६ करोड २० लाख र आन्तिरिक स्रोत मार्फत १३ करोड ६२ लाख गरि जम्मा ३३ करोड ४७ लाख रुपैया बिनियोजन गरेको छ ।


0 comments
तपाईंको प्रतिकृया