व्यापार मेलाको मन्च अन्तराष्ट्रिय स्तरको बनाईने
मंसीरि २१ देखी पौष २ गते सम्म नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीले सिद्धार्थ रगंशालमा आयोजना गर्न लागेको व्यापारमेलामा अन्तराष्ट्रिय स्तरकोे मञ्चको निर्माण गरिने भएको हो ।
“स्थानिय बजारमा खरिद गरौ,स्थानिय बजारको पर्वद्धन गरौ ।स्वदेशको वस्तुको प्रयोग गरौ,स्वाभिमानी नेपालीको पहिचान बनाऔ ।” भन्ने मुल नाराका साथ आयोजन गर्ज लागिएकोे मेला स्तरीय र आधुनिक किसिमको हुने आयोजकले जनाएको छ । मेलामा मञ्च,आइटी ,चाइनिज स्टल,कृषी उत्पादन,हस्तकला घरेलु,गार्मेट जस्ता समानहरु आधुनीक र स्तरीय हुने व्यापार मेलाका संयोजक मनिष कुमार जोशीले जानकारी दिए ।
दर्शक आर्कषणको केन्द्र बिन्दु रहने सास्कृती कार्यक्रमलाई समेत यस बर्ष देखी आयोजकले उत्कृष्ट किसिमको बनाउनलागेको जनाउको छ ।
मेलामा सुरक्षा,बिद्युत सञ्चार,स्टलकको व्यवस्थापन मा बिशेस ध्यान दिएर यसमा कुनै किसिमको समस्या आउनु नदिने समेत मेला आयोजकका सहसंयोजक खिम बहादुर खत्रीले बताए ।
मेला स्थलमा पर्यटकीय र औद्योगिक सुचना केन्द्रको स्थापना,मायादेबी पेभेलियन निर्माण, आर्कशण प्रबेष द्धार,पर्यटकीय गोष्ठीहरु तथा समय सान्दर्भिक अन्तरक्रियाहरु गरिने आयोजकले जानकारी दिए ।
२४० वटा स्टल क्षमता भएको मेलामा अधिकांस स्टलहरु बुकीङ भैसकेको र ग्रार्मेन्ट,होटल,रेष्टुरेन्ट,सुचना प्रबिधि,मदिरा बियर प्रदर्शनी,महिला हस्तकला,संघ सस्थाका स्टलहरु,रियल स्टेट,अटोमोबाइल्स कृर्षि तथा नर्सरी जस्ता स्टल रहने आयोजकले जनाएको छ ।


0 comments
तपाईंको प्रतिकृया