पोखरा,बुटवल र वाग्लुङलाई उपाधी
बुटवल ३ पुस । बुटवलमा सम्पन्न पश्चिमाञ्चल क्षेत्रीय खुला व्याडमिन्टन प्रतियोगिताको उपाधी पोखरा, बुटवल र वाग्लुङले हात पारेको छ । बुधबार बुटवलमा भएको फाईनल प्रतिस्पर्धामा पुरुष डवल तर्फ पोखराका शम्भू श्रेष्ठ र नरबहादुर गुरुङले हात पारेका हुन । बुटवलका बिरेन्द्र सिंह बिष्ट र ध्रुव बिक्रम शाहसंग भएको प्रतिस्पर्धामा दुई शुन्यको सोझो सेटमा पोखराको टिमले जित हात पारेको हो । प्रतियोगितामा पोखराका भूगोल गुरुङर बिशाल खड्का तथा बुटवलका पंकज ज्ञवाली र दिलिप गौचनको समुह तृतीय भए । डवल भट्रान्समा बुटवलका ध्रुव बिक्रम शाह र जिवनसिंह कुवंर उपाधी जितेका छन । वागलुंका निर्माणकुमार श्रेष्ठ र राजेन्द्र शाक्यसंग भएको फाईनल प्रसतिस्पर्धामा दुई एकको सेटमा बुटवलको टिमले जित हात पारेको हो । भेट्रान्स डवलमा मधवलीया रुपन्देहीका चुरामणी उपाध्याय र राजु महर्जन तथा पाल्पाका प्रकाश उदय र शैलेन्द्र बज्राचार्य तृतीय भए । पुरुष सिंगलमा भएको प्रतिस्पर्धामा वागलुं बुर्तिबांका दिलेन्द्र पुनले उपाधी जितेका छन । बागलुंकै राजिन खड्कासंग भएको प्रतिस्पर्धामा दुई शुन्यको सोझो सेटमा पुनले जित हात पारेका हुन । पुरुष सिंगलमा पोखराका भूगोल गुरुं र पाल्पाका बसन्त बज्राचार्य तृतीय भए । प्रतियोगितामा पुरुष सिंगल तर्फ प्रथम पुरस्कार २० हजार दोस्रो पुरस्कार १० हजार तथा तृतीय पुरस्कार २ जनालाई जनही २ हजार ५ सय रुपैंया प्रदान गरिने छ भने पुरुष डवलमा प्रथमलाई ३० हजार दोस्रोलाई २० हजार र तृतीय २ जनालाई जनही ५ हजार र भेट्रान्स डवलमा प्रथमलाई २० हजार द्वितीयलाई १० हजार तथा तृतीय २ जनालाई ५÷५ हजार रुपैंया पुरस्कार प्रदान गरिएको छ । विजेताहरुलाई नेपाल व्याडमिनटन संघका केन्द्रीय अध्यक्ष रमेश श्रेष्ठ, उपाध्याक्ष ध्रुवकुमार श्रेष्ठ, महासचिव रामजी श्रेष्ठ लगायतले सिल्ड, मेडल तथा प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया