विद्यार्थीलाई उत्प्रेरणा तालिम
बुटवल २० मंसिर– वुटवल स्थित एम्स कलेजका विद्यार्थीहरुलाई वुटवल १० सुख्खानगर स्थित एस ओर एस प्रालिले विहिवार उत्प्रेरणात्मक तालिम प्रदान गरेको छ । प्रालिले तालिम, शिक्षा व्यवस्थापनको क्षेत्रमा कार्य गर्छ ।
तालिममा विविएस प्रथम वर्षमा अध्ययरत ५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रालिका कार्यकारी निर्देशक तथा प्रशिक्षक अमृत वन्जाडेले प्रशिक्षण दिएका थिए । तालिममा निरज लिगल, नैना गुरुङ र माधुरी छन्तेलले सहजीकरणमा सहयोग गरेको थिए । क्याम्पसका प्रवन्धक गोपाल प्रसाद न्यौपाने, सहायक क्याम्पस प्रमुख दीपक ढकालको उपस्थिती रहेको थियो । तालिममा सहभागीहरुले विद्यार्थीहरुको लागी उत्प्रेरणात्मक तालिम आवश्यक हुने वताए । विद्यार्थी रेजुना श्रेष्ठले यवायुवतीहरुलाई यस प्रकारको तालिमले सकारात्मक उत्प्रेरणा दिने बताईन ।

0 comments
तपाईंको प्रतिकृया