Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लियो सप्ताहको तयारी

बुटवल १७ मसिंर । बुटवलमा क्रियाशिल ५  लियो क्लवहरुको संयुक्त आयोजनामा लियो सप्ताह  हुने भएको छ ।  मंसिर २० देखी  २६ गते सम्म विभिन्न कार्यक्रम गरी लियो सप्ताह मनाउन लागेको ति क्लवहरुले जनाएका छन । २० गते े बिहान ७ बजे गोलर्पाक देखि मोटर साइकल ¥यालि हुने छ भने ¥याली चौराहा पुगेर समापन हुनेछ ।
यो कार्यक्रमलाई संयोजन लियो क्लव अफ तिलोत्तमाले गर्ने भएको छ । त्यस्तै मंसिर २१ गते बिहान ७ बजे ट्राफिक चोकमा ट्राफिक जनचेतना कार्यक्रम हुनेछ । जस्लाई लियो क्लव अफ बुटवल सिद्धावावाले संयोजन गरेको छ । त्यस्तै गरि लामखुट्टे नियन्त्रण अभियान सोही दिननै हुनेछ । साँझ ५ बजे लुम्बिनी अञ्चल अस्पताल परिसरमा हुने उक्त कार्यक्रमको संयोजन लियो क्लव अफ बुटवल खस्यौलीले गर्ने भएको छ । कार्यक्रम अन्र्तगत अन्तर लियो क्लव फुटवल प्रतियोगिता २०७० साल मंसिर २५ गते फिफा टेकनिकल सेन्टर वुटवलमा हुनेछ । जुन कार्यक्रमको संयोजन लियो क्लव अफ बुटवल खस्यौली युथले गर्ने भएको छ ।
सप्ताह अन्र्तगत समापन कार्यक्रम  मंसिर २६ गते लायन्स आँखा अस्पताल को सभाहलमा हुने छ भने यो कार्यक्रमलाई विधीवत रुपमा समापन गर्ने संयोजन लियो क्लव अफ बुटवलले गर्ने भएको लियो क्लव अफ वुटवल सिद्धवावाका सचिव नारायण वेल्वासेले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया