भ्वाईस अफ बुटवलको प्रारम्भिक छनौट
बुटवल, ५ पुस –बुटवलमा मंगलवारदेखि सुरु हुने औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवकोअवसरमा आयोजना गरीने भ्वाईस अफ बुटवलको प्रारम्भिक छनौट भोली शनिवार गरीने भएको छ । मेला तथा महोत्सवका अवसरमा नयाँ प्रतिभाको चयन गर्ने उद्धेश्यले आयोजना गरीने सो प्रतियोगितामा सहभागिताका लागि यस क्षेत्रका ३० बषसम्मका ७० युवा युवतीलेआवेदन गरेको संघका कार्यसमिति सदस्य तथा सासकृती कार्यक्रम संयोजक रितेश सिलवालले जानकारी दिए भोली शनिवार प्रारम्भिक चरणमा सहभागिहरुको प्रतिभालाई बीज्ञहरुबाट हेरी २० जना छनौट गरीने छ । छनौटमा परेकाहरुले मेलास्थलमा आयोजना हुने सास्कृतिक कार्यक्रममा थप कला प्रस्तुत गर्ने र ति मध्येबाट छनौटमा पर्ने १० जनाबीच मेलामा सहभागि दर्शक र प्रतिभाहरुको कला अनुसार बीज्ञहरुबाट प्राप्त हुने नम्वरका आधारमा उत्कृष्ठ छनौट गरीने छ । उत्कृष्ठ एक जनालाई भ्याईस अफ बुटवलको उपाधि सहित रु. ५० हजार नगद पुरस्कारबाट र दोश्रो स्थान प्राप्त गर्नेलाइ रु २० हजार र तृतियलाईरु १० हजार नगद पुरस्कार प्रदान गरीने संघका सचिव तथा समितिका समन्वयकर्ता दिनेश प्रसाद श्रेष्ठले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया