यस्तो छ बुटवलमा औद्योगिक तथा कृषी मेलाको तयारी (फोटो फिचर सहित)
मेला मंगलवारदेखी शुरु, उद्घाटन वुधवार राष्ट्पतिवाट
बुटवल ७ पुस । ‘लगानी लुम्विनीमा –सम्बृद्धि देशमा’ भन्ने मुल नाराका साथ मंगलबारदेखि बुटवलमा हुन लागेको औद्योगिक व्यापार तथा कृषी मेलाको तयारी पुरा भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा मेला हुन लागेको मेला मंगलवारवाटै मेला शुरु भएपनि राष्ट्रपति डा. रामवरण यादवले बुधबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन । उपभोक्ता बीच स्वदेशी उत्पादनको पहिचान, प्रचार प्रसार एवं उपभोक्ताको चाहना अभिबृद्धि गर्ने, उद्योगी, व्यापारी र उपभोक्ता बीच विजनेश टु बिजनेश र विजनेश टु कन्जुमरको माध्यमबाट प्रत्यक्ष सम्पर्कको बिस्तार गरी उत्पादन प्रति उपभोक्ताको बिश्वास अभिबृद्धि गर्ने, उपभोक्तालाई स्वदेशी उत्पादन प्रति आकर्षित गरी आयात प्रतिस्थापनमा टेवा पुर्याउने, उद्यमशिलताको बिकास तथा लगानीका नयाँ क्षत्रहरु खोजी गरी रोजगारी सिर्जना गर्ने, बाह्य परिवेश अनुरुप प्रतिस्पर्धी उत्पादकत्व बृद्धि गर्न प्रोत्साहित गर्ने, कृषि र हस्तकलालाई औद्योगिक आधारशिलाको रुपमा स्थापित गरी एक जिल्ला एक उत्पादनको अवधारणालाई मूर्त रुप प्रदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले पश्चिमाञ्चल स्तरीय मेला गर्न लागिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसंपादन मुल समितीका संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
मेला अवधीभर सुदुर पश्चिमाञ्चल भन्ने नाराका साथ मेला स्थलमा पश्चिमाञ्चल बिकास क्षेत्रका धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको फोटो प्रदर्शनी गरिने छ । फोटो प्रदर्शनीमा मुस्ताङ्गदेखि मर्चवार सम्मका आकर्षक रमणीय स्थलहरुको प्रदर्शनी गरिने छ भने बुटवल क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरु ऐतिहासिक जितगढी किल्ला, सिद्धबाबा मन्दिर, मणिमुकुन्द सेन पार्क, हिलपार्क लगायतका स्थानको पनि फोटो प्रदर्शनी गरिने छ । त्यस्तै मेलालाई आकर्षक बनाउन र पर्यटन प्रवद्धनका लागि मेलाको प्रवेश द्वार जितगढी किल्ला झल्कीने गरि निर्माण गरिएको छ र मेला सचिवालय तथा कार्यक्रम गर्ने मञ्च पाल्पाको रानीमहलको अर्ध स्वरुपमा निर्माण गरिएको छ । मेलाको आकर्षण हात्ति सफारी र हट एयर वेलुन रहेको आयोजकले जनाएका छन ।
मेलामा लोक संस्कृति संरक्षण एवं संवद्धनका लागि प्रवद्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ । जस अन्तरगत स्थानीय कला प्रस्फूटनका लागि नाच प्रतियोगिता, लाभा भ्वाईस अफ बुटवल गायन प्रतियोगिता सञ्चालन गरिने जानकारी गराईएको छ । पुसको २१ गते सम्म चल्ने मेलामा पश्चिमाञ्चल क्षेत्र यस आसपासका २५ जिल्ला भन्दा बढी स्थानबाट प्रत्यक्ष रुपमा सहभागिता हुने प्रचार समितीका संयोजक हरिप्रसाद अर्यालले बताए । १३ दिन सम्म सञ्चालन गरिने मेलामा बिभिन्न क्षेत्रबाट ५ सय ४० स्टल सहभागि भएका छन । ५ लाख बढी अवलोकन कर्ता भित्र्याउने लक्ष्य लिएका आयोजकले १५ करोडको कारोवार गर्ने लक्ष्य राखेका छन ।
तस्वीर: रुद्रहरि कुंवर / सुपरखबर डटकम

0 comments
तपाईंको प्रतिकृया