Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मुख्य तीन दलको वैठक निष्कर्षविहीन

काठमाडौं ८ पुस। दलहरुले आ–आफ्नो अडान नत्यागे पछि विवाद समाधान गरी प्याकेजमै सहमति खोज्न सोमवार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष सकिएको छ ।  वैठकमा उच्चस्तरीय राजनीतिक समिति कायम राख्ने नराख्ने भन्ने विषयमा दलहरूवीच कुरा बाझिएपछि वैठक विना निष्कर्ष सकिएको हो । बबरमहलस्थित शान्तिकोषको सचिवालयमा बसेको  वैठकमा एमाले कांग्रेस र एमाओवादीका शिर्ष नेताहरु सहभागी थिए । ।

 संविधानसभामै समिति बनाएर छानबिन गर्ने कांग्रेस, एमालेमने आश्वासन र आयोग नबनाई संविधानसभामा नजाने एकीकृत माओवादी अडानका कारण ठूला तीन दलबीच सहमति हुन सकेको छैन । एकीकृत माओवादीले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई कायमै राख्ने, निर्वाचनको धाँधली छानबिन गर्न स्वतन्त्र आयोग बनाउने, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन तथा संविधान बनाउने क्रममा विगतका सहमतिहरुलाई स्वामित्व ग्रहण गरी आगामी दिनमा सहमतिकै आधारमा अघि बढ्नु पर्ने माग राखेको छ ।
 एमाओवादीले भने आफूहरुका मागका बारेमा लिखित सम्झौता नभएसम्म आश्वासनका आधारमा अघि नबढ्ने अडान राखेको छ ।
एमाओवादीले कांग्रेस र एमालेसँगको बेग्ला बेग्लै छलफलमा उच्चस्तरीय राजनीतिक समिति गठन, संयन्त्रको नेतृत्व अध्यक्ष प्रचण्डले स्थायी रुपमा गर्न पाउनुपर्ने लगायतका पाँच बुँदे माग राखेको थियो । एकीकृत माओवादीले स्वतन्त्र छानविन आयोग बनाएमात्रै समानुपातिक सभासद्को सूची बुझाउने शर्त राख्दै आएको छ ।

0 comments

तपाईंको प्रतिकृया