Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रोटरी क्लवद्धारा ९ लाख ४५ हजार रुपैया छात्रबृत्ति रकम प्रदान

क्लवको २१ औं चार्टरनाईट सम्पन्न
 बुटवल १७ मंसिर–  रोटरी क्लब अफ बुटवलले विभिन्न विद्यालयका छात्राछात्रलाई ९ लाख ४५ हजार रुपैया छात्रवृत्ति वितरण गरेको छ ।
क्लवले रुपन्देहीको केरवानी विभिन्न स्कुलवाट २१ जना , पर्रोहा भाटाको विभिन्न स्कुलवाट २१ जना, कपिलबस्तुको विभिन्न स्कुलवाट २१ जना गरि जम्मा ६१ जना गरिब, जेहेन्दार तथा अपाङ्ग छात्र छात्राहरुलाई प्रति छात्र छात्रा १ हजार ५सय का दरले रु.९लाख ४५ हजार छात्रबृत्ति रकम प्रदान गरेको हो  ।
 रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर दिलेन्द्र राज श्रेष्ठको प्रमुख आतिथ्य तथा रोेटरी क्लब अफ बुटवलका अध्यक्ष कृष्ण प्रसाद अर्यालकोे अध्यक्षतामा सम्पन्न २१ औं चार्टरनाईट कार्यक्रम उक्त छात्रवृत्ति रकम प्रदान गरिएको थियो । सो अवसरमा डिष्ट्रिक्ट गभर्नर रो.दिलेन्द्रराज श्रेष्ठ ,जोन १५ ए.जी अजयमान श्रेष्ठ, रोटरी क्लव अफ धुलीखेलका प्रर्व अध्यक्ष अशोक श्रेष्ठ लगायतले रोटरी क्लब अफ बुटवल २१ औं  बर्ष प्रबेश गरेकोमा  शुभकामना ब्यक्त गरेका थिए ।
यसैगरि २ जना अपाङ्ग ब्यक्तिहरुलाई निशुल्क ह्वीलचियर पनि बितरण गरिएको थियो । उक्त स्थापना दिवशको अवशरमा आर सि.सि. वसन्तपूर र अनाथ तथा असाहय महिला कल्याण समाज मणिग्राम लाई क्रमशः ११ हजार १ सय ११  र ५ हजार रुपैया प्रदान गरिएको थियो ।
क्लबका सचिब उद्धव चन्द्र गौतमले  संचालन गर्नुभएको थियो भने कार्यक्रम संयोजन इलेक्ट प्रेशिडेन्ट हरि पौडेलले गरेका थिए ।
यसैगरि रुपन्देहीको केरावनी गा.वि.स अन्तर्गत  रहेको फूलवारी प्रा.वि.मा आयोजीत एक कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ मा डि.जी. ले उत्त विद्यालयलाई आवश्यक शैक्षिक सामाग्री, १० सेट फर्निचर, ६० सेट डेस्क–वेन्च, २ वटा चापाकल टवाइलेट  लगायतको सामाग्री प्रदान गरिएको क्लवले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया