बुटवलमा मुटु अस्पताल संचालन
बुटवल १० पुस– राजधानी बाहिर पहिलो पटक वुटवलमा मुटु अस्पताल संचालन भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताले वुधवार देखी आफ्नो सेवा शुभारम्भ गरेको हो ।
विभिन्न धर्मका गुरुहरुवाट मन्चोच्चारण गरी अस्पतालको सेवा शुरु गरिएको थियो । मुक्तिनाथ धाम बुटवल नयांगाउंका प्रमुख संरक्षक १ हजार ८ स्वामी लोकानन्दले आहार विहार र निन्द्रालाई संयमित गर्न नसक्दा ९८ प्रतिशत रोगहरु लाग्ने गरेको वताउदैसंयमित आहार विहार गर्न सके रोगहरु लाग्नबाट जोगिन सकिने बताए। भिक्षु सुमंगल र कविन्दोले नाफामुलक भन्दा पनि सेवामुलक भावनाको साथ अस्पताल संचालन गर्न आग्रह गरे। मुश्लिम धर्मगुरु हफिद बद्रे आलमले अल्लाहले सदैव दुःखी तथा गरिबहरुको सेवामा लाग्न मानवहरुलाई प्रेरणा दिने गरेको बताउदै स्वास्थ्य जस्तो सेवा तथा पुण्यको काम अरु हुनै नसक्ने बताए।
ईसाई धर्म गुरु रेभेन रेण्ट पाष्टर होम बस्यालले वातावरणीय प्रदुषण, खानपान र मानविय कमजोरी धेरै रोगहरु निम्तिने गरेको बताए ।
सो अवसरमा अस्पतालका निर्देशक वरिष्ठ मुटु रोग विशेषज्ञ डा। विकास सुवेदीले उक्त अस्पताल दक्षिण एशियाकै पहिलो सामुदायिक मुटुरोग अस्पताल रहेको दावी गर्दै अस्पताल संचालनले यस क्षेत्रका मुटु रोगीहरुलाई थोरै भएपनि राहत दिने विश्वास व्यक्त गरे। उनले राजधानी बाहिर पहिलो तथा नेपालमै दोश्रो अटोमेटेड एनालाईजर सेवा उपलब्ध गराउने अस्पतालमा निकट भविश्यमै ईन्जियोग्राम, ईन्जियोप्लाट्री, बाईपास सर्जरी तथा नेपालमै पहिलो पटक स्टेम सेल्स थेरापी सेवा उपलब्ध गराउने दावी गरे।
संघले २०६२ सालमा बुटवलमा आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको प्रवेश टिकटबाट प्रति टिकट ३ रुपैया छुट्टाएर अस्पतालको लागि रकम संकलन अभियान शुरु गरेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । हाल करिब ५ सय सदस्यहरुबाट झण्डै ५ करोड रुपैयाँ संकलन गरी अस्पताल संचालन गरिएको हो।
अस्पतालमा हाल २४ सै घण्टा आकस्मिक सेवा, कार्डियो मनीटर, भेन्टिलेटर, सिरीञ्ज पम्प सहितको अत्याधुनिक ९ बेडको सिसीयू सहित २४ वेडको क्षमता छ। अस्पताल संरक्षककको रुपमा रुपन्देही उद्योग संघ र रोटरी क्लव अफ वुटवल डाउन टाउन रहेको छ ।

0 comments
तपाईंको प्रतिकृया