स्याङ्जाका ५० हजार युवा वैदेशिक रोजगारमा
स्याङ्जा, ९ पुस । जिल्लाका अधिकाँश युवाहरु बैदेशिक रोजगारमा जान बाध्य भएका छन् । जिल्लामा ५० हजार युवा बैदेशिक रोजगारमा गएको जिल्ला तथ्याँक कार्यलयले बताएको छ । दैनिक रुपमा यहाँका युवाहरु ४० जना विदेशिएको कार्यलयको भनाई छ ।
जिल्लाको कुल जनसँख्या २ लाख ८९ हजार १ सय ४८ रहेको छ भने विदेश जाने युवाहरुको सँख्या ५० हजार ४ सय ७६ रहेको छ । जसमा पुरुषको सँख्या ४६ हजार २४ रहेको छ भने ४ हजार ४ सय ५१ म्हिलाको सँख्या रहेको जिल्ला तथ्याँङक कार्यालय स्याङ्जाका तथ्याँक अधिकृत रामप्रसाद वाग्लेले जानकारी दिए ।
जिल्लाबाट ५० हजार ४ सय ७६ जनसँख्या विदेशमा रहदै आएता पनि झण्डै ४० हजार रोजगारीमा आबद्ध रहेका छन् । “बैदेशिक रोजगारीमा रहेका झण्डै ५० प्रतिशत भारतमा रहेका छन्” तथ्यांक कार्यलय प्रमुख रामप्रसाद वाग्लेले भने “झण्डै २० हजार जनशक्ति दुवै, कोरीया, मलेसिया, अमेरीका, जापान, ओबामा, बहरायन, कुवेत लगायतका देशहरुमा कार्यरत रहेका छन् ।”आर्यआजनको दृष्टिले जिल्लामा करीब ८० हजार मात्र जनशक्ति रहेको वाग्लेले बताए ।
दुई नगरपालिका र ६० गाविस रहेको यस जिल्लामा छाङ्छाङ्दी, क्याक्मी, पेलाकोट, कुवाकोट, मनकामना, विर्घा, आलमदेवी लगायतका ठाँउबाट बढी युवा जनशक्ति विदेशिएको तथ्याँक कार्यलयले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया