सरकारद्वारा अध्यादेश सिफारिस
काठमाडौं ११ पुस । अन्तरीम मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संविधानसभा निर्वाचन दोस्रो संशोधन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
सरकारले संविधानसभाका जेष्ठ सदस्यको शपथ राष्ट्रपतिबाट गराउने व्यवस्था गर्न अध्यादेश सिफारिस गरेको हो। संविधानसभाको पहिलो बैठकको अध्यक्षता सबैभन्दा जेष्ठ सदस्यले गर्नेछन् ।
जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने भनिएपनि उनले कसरी र कोसँग शपथ लिने भन्ने व्यवस्था संविधान र ऐनमा नभएपछि सरकारले अध्यादेश ल्याएको हो । २०६४ सालको निवर्वाचनपछि बनेको पहिलो संविधानसभाका जेष्ठ सदस्य कुलबहादुर गुरुङले सबै सदस्यसामू शपथ लिएर अन्य सदस्यलाई सपथ गराएका थिए । अहिले राष्ट्राध्यक्ष रहेकाले जेष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिने व्यवस्था गर्न लागिएको हो । अध्यादेश अनुसार अन्य सदस्यहरुले भने जेष्ठ सदस्य समक्ष सपथ लिनेछन् । त्यसै गरी मन्त्रिपरिषद् बैठकले १० जना नायव प्रहरी महानिरीक्षक डीआईजीको सुरुवा गरेको छ भने नेपाली सेनाका दुईसहायक रथीको उपरथीमा र तीन महासेनानीबाट सहायक रथीको वढुवा गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया