ट्रक व्यवसायीद्धारा ट्राफिक प्रहरीलाई भवन
बुटवल २८ मंसिर– पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले टफिक प्रहरीको लागी ५ लाखको लागतमा भवन निर्माण गरिदिएको छ । बुटवल नगरपलिका वडा नं. ९ रामनगरमा निर्मित ट्राफिक भवन सनिवार हस्तान्तरण गरिने भएको छ । समितीको १४ औं बार्षिक साधारणा सभाको अवसरमा सनिवार उक्त भवन प्रहरीलाई हस्तान्तरण गर्न लागीएको अध्यक्ष गणेश प्रसाद पन्थले जानकारी दिए । उनका अनुसार पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलको अनुरोधमा पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल धागो कारखानामा रहेको समितिको धर्मकाटा नजिकै भवन निर्माण गरिएको हो । भवनमा निर्माणपछि राजमार्गमा गरिने सवारी जाच तथा व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गरिएको छ । डिउटीमा रहेका ट्राफिक प्रहरीहरु सुत्न र कार्यालय सञ्चालनका लागि आवश्यक २ वटा कोठा निमार्ण गरिएको समितिका महासचिव प्रताप बहादुर कार्कीले जानकारी दिए । सो भवनको साचो क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशिल कुमार यादवलाई हस्तान्तरण गरिने कार्यालय सचिव बाबुराम अधिकारीले जानकारी दिए । यसैवीच समितिको शुक्रवार हुने साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । साधारणसभामा महासचिव र कोषाध्यक्षको बार्षिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै समितिका पूर्व पदाधिकारी, सदस्य एवम सल्लाहकारहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समितीले जनाएको छ । समितिमा आवद्धता भएका २ हजार भन्दा बढी ट्रकले ढुवानी सेवा प्रदान गरेको छ ।


0 comments
तपाईंको प्रतिकृया