Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रेलमा आगलागी हुँदा २३ जनाको मृत्यु

 नयाँ दिल्ली, १३ पुस – भारतको आन्ध्र प्रदेशको अनन्तपुरमा शनिबार बिहानै एक रेलमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

 बेङ्लोरबाट नान्देड जान लागेको बेङ्लोर–नान्देड एक्सप्रेस रेलको एक डिब्बामा आगलागी हुँदा दुई बालबालिका सहित २३ जनाको मृत्यु भएको दक्षिण पश्चिम रेल्वेका प्रवक्ता सिएम गुप्ताले बिबिसीलाई जानकारी दिएका छन् ।
 आगलागमी परी घाईते भएकाहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ । बिहान करिब ४ बजे रेलमा भएको आगलागी तिब्र गतिमा फैलिएपछि उद्धार गर्न कठिन भएको प्रहरीले जनाएको छ । रेलमा आगलागी भएको थाहा पाउना साथ रोकेर उद्धार कार्य सुरु गरिए पनि धेरै यात्रु जलेको रेल्वे प्रवक्ताले जनाएका छन् ।

0 comments

तपाईंको प्रतिकृया