चुनाव प्रसारका सामग्री अझै हटाईएन, सदरमुकाम तानसेन कुरुप
पाल्पा, ५ पुस । संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवारबाट प्रचार प्रसारका लागी प्रयोग भएको प्रचारसाम्रगी अझै हटाईएको छैन । निर्वाचनका बेला टाँसेको पोष्टरहरू अझै नहटेपछि जिल्ला सदरमुकाम तानसेन कुरुप बनेको छ । पाल्पा जिल्लामा १७ राजनैतिक दलले उम्मेदवारी दिएका थिए । तर अहिलेसम्म तानसेन लगायतका क्षेत्रमा उम्मेदवारका पोष्टरहरू अझै पनि देख्न सकिने स्थानीयको भनाई रहेको छ । जिल्ला सदरमुकाम तानसेनमा एकीकृत नेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस लगायतका साना दलका समेत पोष्टर अझै हटेका छैनन् । संविधानसभा निर्वाचनमा विजय बनेका उम्मेदवारहरू राजधानी केन्द्रित बन्न थालेका छन् । भने पराजित उम्मेदवारहरू आ–आफ्नौ काममा ब्यस्त बन्न थालेकाले जिल्लाका अधिकाँश क्षेत्रमा उम्मेदवारका पोष्टर र पार्टीका चुनाव चिन्ह रहेका पोष्टरले शहर बजार नै कूरुप बनेको स्थानीयको गुनासो गरेका छन् । ऐतिहासिक महत्व बोको पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने छन् तर,जिल्लामा निर्वाचन सम्मन्न भएको १ महिना वित्दा समेत दलका उम्मेदवारहरू पोष्टर नहटाएका हुन । संविधानसभा निर्वाचन भएपछि विजय र पराजित उम्मेदवारहरूले निर्वाचनको पोष्टर हटाउनुपर्ने कानुनी व्यवस्था भएपनि उम्मेदवारले अटेर गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया