Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेपाली क्रिकेट टोलीलाई राजधानीमा स्वागत

काठमाडौ,१६  मंसिर  ।  ट्वान्टी२० विश्वकपका लागि छनोट भएको  नेपाली क्रिकेट टिमका सदस्यहरु राजधानीमा भव्य स्वागत गरिएको छ।
फ्लाई दुबई एयरलाइन्सबाट नेपाल उत्रिएकाखेलाडिलाई विमानस्थलमा स्वागत गर्न
विमानस्थलमा नेपाली समर्थकहरुको बाक्लो उपस्थिति थियो ।
टिमलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषद्का कर्मचारी, विभिन्न संघ संस्थाका पदाधिकारी, खेलाडी,नेपाली फ्यानहरुको अहिले एयरपोर्टमा उल्ल्ख्य उपस्थिति रहेको थियो । सरकारको तर्फबाट कृषि मन्त्री टेकबहादुर थापा घर्ती स्वागतका लागि विमानस्थलमा पुगेका थिए।
 क्रिकेट समर्थकहरु फूलामाला, अवीर र राष्ट्रिय झण्डा बोकेर बाजागाजासहित विमानस्थलमा पुगेका थिए । त्यसलगत्तै टिमलाई रथमा राखेर परिक्रमा गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया