शहिद स्मृतीद्धार भत्काएकोमा दुवै माओवादीद्धारा विरोध
नवलपरासी, १४ पुस। नवलपरासीको कावासोतीमा पुर्व जनसेनाले बनाएको शहिद स्मृती द्धार भत्काएकोमा नेकपा माओवादी र एनेकपा माओवादी नवलपरासीले विरोध जनाएको छ
। विस्तृत शान्ति सम्झौता पछि तात्कालिन नेकपा (माओवादी)ले तयार गरेको जनमुक्ति सेनाले अस्थायी शिविरमा बस्ने क्रममा नवलपरासीको कावासोतीको फलफुल चोकमा शहिदहरुको सम्झनामा शहिद स्मिृती प्रवेश द्धार बनाएका थिए । उक्त गेट शुक्रवार नेपाली सेनाले भत्काए पछि दुबै माओवादीले नेपाली सेनाको सो कदमको विरोध गरेका हुन ।
शुक्रवार विहान हात्तीखोर क्याम्पबाट आएका नेपाली सेनाका जवानहरुले सो द्धार भत्काउन लाग्दा स्थानिय केहीले विरोध गरेका थिए । विरोधको वावजुद सेनाले स्मृती गेट भत्काएको हो ।
नेकपा माओवादीका जिल्ला ईन्चार्ज अशोक लम्साल अनुकुलले यसरी एतिहासिक संरचना भत्काउनुमा साम्राज्यवादी र विस्तारबादीका नेपाली दललहरु सक्रिय रहेको भन्दै सो घटनाको विरोध गरेका छन ।
एकीकृत नेकपा माओवादीका जिल्ला ईन्चार्ज घनश्याम यादवले एतिहासीक संरचना नेपाली सेना द्धारा विना सुचना भत्काउनुले नेपाली सेनाको नियतमा संका लागेको बताए ।
शुक्रवार भत्काईएको सो द्धार जनसेनाको चौथो डिविजिन अन्तर्गत बसन्त स्मृती बृगेड हात्तीखोरमा जाने मुख्य प्रवेश द्धारको रुपमा पुर्व जनसेनाले निर्माण गरेका थिए ।
काठबाट बनाईएको सो द्धारका काठहरु नेपाली सेनाले भत्काएर क्याम्प तर्फ लगेको छ भने ईटा रुख मुनि चौपारीका आकारमा राखेर छाडेको स्थानिय कावासोती बजारका बाबुराम पोखरेलले जानकारी दिए ।
शहिद स्मिृती द्धारहरु नवलपरासीको कावासोती, अरुणखोला एवं रामनगर भुमही चोक तथा अन्य जिल्लाहरुमा निर्माण गरिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया