Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अनलाइन न्यूज पोर्टललाई व्यवस्थित गर्न सरकारद्वारा समिति गठन

काठमाडौं १८ मंसिर । सूचना तथा सन्चार मन्त्रालयले अनलाइन न्यूज पोर्टललाई संचालन प्रक्रियालाई व्यवस्थापन गर्न  प्रेस काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र सूचना विभागका महानिर्देशक लक्ष्मीविलाश कोइराला रहेका छन ।
त्यस्तै अनलाइन सन्चालकहरुको तर्फबाट एक जना सदस्य रहनेछन् भनें समितिको सदस्य सचिवमा संचार मन्त्रालयका उपसचिव रहने छन् । संचारमन्त्री माधव पौडेलले पत्रकारिता क्षेत्रमा पछिल्लो समयमा सशक्त माध्यमका रुपमा पहिचान बनाउदै अघि बढेको अनलाइन पत्रकारितालाई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन आवश्यक सुझाव समितिले दिने विश्वास लिएका छन ।
अनलाइनलाई प्रभावकारी, नियमित र व्यवस्थित गर्नका लागि वर्तमान सन्चार नीति र प्रचलित सम्बद्ध कानुन अध्ययन गरि दुवै तर्फ व्यवस्था गर्नुपर्ने प्राबधानहरु र गर्नु पर्ने संशोधनका बुँदाहरु तय गरि राय सुझाव पेश गर्न समितिलाई अधिकार दिइएको छ । समितिले राष्ट्रिय संचार नीतिमा समावेश गर्नुपर्ने अनलाइन संचालन गर्ने सन्दर्भमा अत्यावश्यक प्रावधानहरुको प्रारुप तयार पार्नेछ ।

अनलाइन मिडिया सन्चालकहरु र पत्रकार आचार संहीता पालनाको प्रारुप तयार पार्ने तथा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ समेतको प्रयोग एबं कार्यन्वयन प्रक्रियामा यस समितिले सुझाव र सिफारिस दिनेछ । यसका अलावा समितिले अनलाइन पत्रकारिताका सन्दर्भमा आवश्यक कानुन र ऐन परिमार्जन तथा तर्जुमाका लागि सुझाव दिने र सोही सुझावका आधारमा सरकारले आवश्यकता अनुसार बिधेयक संसदमा लैजाने छ । समितिको समायवधी समितिले काम प्रारम्भ गरेको मितिले ४५ दिनको हुने मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका  पौडेलले जानकारी दिए ।
अहिले नेपालबाट कति न्युज पोर्टलहरु संचालनमा छन भने सरकारी तच्याङ नरहे पनि पछिल्लो समयमा अनलाईन पत्रकारिता फस्टाउदै गएको छ । सरकारी निर्णय तथा समिती गठन कार्यले अनलाइन पत्रकारितालाइ अझै व्यवस्थीत र मर्यादित बनाउने अपेक्षा गरीएको छ । न्युज पोर्टल सुपर खबर डटकमले सरकारी कदमको स्वागत गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया